सँस्कृति

माछा, गंगटो र घोङीबाट मनग्ये आम्दानी गर्दै थारु महिला

कैलालीको भजनी नगरपालिका-३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ।

थारुवान संबाददाता

छविलाल कोपिला अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा...

छविलाल कोपिला

कृष्ण जन्माष्टमीको साँझ बडो अद्भुत र आकर्षक दृश्यावली देखिन्छ, थारू गाउँमा। चुक घोप्ट्याएजस्तो औंसीको अँध्यारो रात, जूनकीरीको पिलिक पिलिकसँगै घरघरबाट गाउँको गल्लीमा निस्किँदै जगमग जगमग बलिरहेको पालाको लामबद्ध प्रकाशपुञ्ज।

अशोक थारु

सङ्कलन र संरक्षणको अभावमा यहाँका थारु समुदायका मौलिक परम्परा बोकेका गीत लोप हुने सङ्घारमा पुगेका छन्। चाडपर्व, बाली भित्र्याउने बेला र अन्य समयमा गाइने परम्परागत धमार, मैना, बडकिमार, सजना, मागर र वनगितवालगायतका गीत लोप हुने सङ्घारमा पुगेका हुन्।

थारुवान संबाददाता

दंगीशरण गाउँपालिका-३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ। ८२ विघा क्षेत्रफलको रानीवनको उत्तर र पश्चिम क्षेत्रमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो। थारु समुदायको कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रानी वनमा करिब

सन्तोष दहित

राजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। काठमाडौंमा रहेका थारू संघसंस्थाहरूको संयुक्त आयोजनामा हुने कार्यक्रमका लागि मूल आयोजक समिति बनाइएको छ। यसपटक थारू कलाकार मञ्चले अस्टिम्की कार्यक्रमको संयोजन गर्दैछ।

थारुवान संबाददाता

काठमाडौं बस्ने थारूहरूले गुरही पर्व मनाएका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा थारू समुदायका युवा युवतीले गुरही ‘असराए’का हुन् । पश्चिम तराईका थारू समुदायका बालबालिकाहरूले मनाउने यो पर्व पछिल्लो समय युवा पुस्ताले पनि मनाउन थालेका छन् ।

थारुवान संबाददाता

लबहादुर चोधरी कुनै पनि जातजातिले मनाउने चाडपर्व, ब्रत, उपबास, तर त्यौहार उनीहरुको धर्म, इतिहास, कथा, कहानीसँग जोडिएको हुन्छ । अथवा पहिले यस्तो थियो, त्यसैले अहिले पनि मानिसहरु यसो गरिरहेका छन् ।फलानो युगदेखि, भगवान, देव देवीले यसो गर्दा, फलाना राजाको पालामा यसो हुँदा मानिसहरु यस्तो चलन अपनाएका हुन् आदि ।...

दिलबहादुर चोधरी

नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ। प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो।

थारुवान संबाददाता

पछिल्लो समय थारु गीतसंगीतले नयाँ उचाई छुँदै गइरहेको छ। अहिले थारु समुदायले मात्र नभई अन्य समुदायका लागि पनि थारु गीतले आकर्षित गरिरहेको छ। थारु गीत संगीतलाई मन पराउने दर्शकको संख्या बढ्दै गएपछि पहिलोपटक थारु गीत ‘मन लागेना अब बिन तुहार’ करोड क्लबमा प्रवेश गरेको छ।

थारुवान संबाददाता