राजनीति

देशैभर तमु ल्होछारको रौनक

काठमाडौं- गरुड वर्गको बिदाइ र सर्प वर्गको स्वागतका रुपमा गुरुङको तमु ल्होछार आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। तमु ल्होछार मूल समारोह समितिले आइतबार राजधानीको टुँडिखेलमा आयोजित विशेष समारोहको उपराष्ट्रपति परमानन्द झाले उद्‍घाटन गर्दै तमु ल्होसार गुरुङको मात्र नभइ राष्ट्रकै पर्व भएको बताए। उनले राज्यको चरित्र समावेशी तथा संयमी...

थारूवान

भारतको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामवरण यादवले आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीसँग नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भेटवार्ता गरे। त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा विचारविमर्श भएको थियो। राष्ट्रपति यादवले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेको तथा प्रत्युत्तरमा उहाँले उपयुक्त समयमा नेपाल आउने इच्छा व्यक्त गर्नुभएको...

थारूवान

किरण भट्टराई, काठमाडौँ- पार्टी कार्यालय कोटेश्वरमा प्रायः आइरहने एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल पार्टी कार्यालयमा नआएको २० दिनभन्दा बढी भइसक्यो। पार्टी कार्यालयमा बैठकका लागि ठूलो हल नै भए पनि एमाओवादीले पार्टी कार्यालयमा बैठक नबोलाएको लामो समय बितिसक्यो।

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादव भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा यही पुस ९ गते सोमबार भारतको औपचारिक भ्रमण सुरु गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिअनुसार राष्ट्रपति डा यादव पुस १० गते बनारस हिन्दु विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा राष्ट्रपति मुखर्जीका साथ अतिथिका रुपमा सरिक हुनुहुने कार्यक्रम छ। 

थारूवान

चितवन- हिंस्रक हात्ती नियन्त्रणमा समस्या परेपछि सो हात्तीको आकर्षणका लागि रेडियो कलरले देखाएको सङ्केतको आसपासमा चितवन निकुञ्जले पोथी हात्ती छाडेको छ। गएराति निकुञ्जको पश्चिम क्षेत्र टाइगरटप्स नजिकै रेडियो कलरको सङ्केत आएपछि सो क्षेत्रमा पालुवा पोथी हात्ती उसको आकर्षणका लागि छाडिएको निकुञ्जका रेञ्जर विष्णु थपलियाले जानकारी दिए। 

थारूवान

दाङ- लोपोन्मुख राउटेहरुले प्रधानमन्त्री डा बाबुराम भट्टराई आफ्नो बस्तीमा नआएकोप्रति गुनासो व्यक्त गरेका छन्। घोराहीमा आज आयोजित साक्षात्कार कार्यक्रममा राउटे मुखिया प्रकाश शाहीले विभिन्न जातजातिका बस्तीमा पुगेका प्रधानमन्त्रीले आफूहरुलाई उपेक्षा गरेको भन्दै दुःख व्यक्त गर्नुभयो। मुखिया शाहीले प्रधानमन्त्री अनि राष्ट्रपतिलाई आफ्नो बस्तीमा निम्तो दिँदै राउटेका दुःख बुझ्न माग गर्नुभयो।...

थारूवान

जनकपुरधाम- मिथिलावासी विवाहपञ्चमीको दिन छोरीको विवाह गर्दैनन्! सुन्दा अचम्म लाग्छ। तर यो सत्य हो। यस दिन छोरीको विवाह गर्दा जनक जननी सीताझैं दुःख, कष्ट हुन्छ भन्ने लोक मान्यता रहेको छ। करिब नौ लाख वर्ष पूर्व त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमी तिथिमा अयोध्या नरेश चक्रवर्ती राजा दशरथको जेष्ठ पुत्र भगवान् श्री राम...

थारूवान

सुरेश यादव, जनकपुर- रामजानकी विवाह महोत्सवको पूर्वसन्ध्यामा आइतबार जानकीको मटकोर (मैथिली परम्परा अनुसार विवाह अगाडी पवित्र जलासयमा बेहुला/बेहुलीका आफन्तले गर्ने पूजा) सम्पन्न भएको छ। जानकी मन्दिरबाट सीताको रुपमा सजिएकी किशोरीलाई रथमा चढाएर विशिष्ट मर्यादा अनुसार जानकी मन्दिरका महन्थ रामतपेश्वर दास लगायत दर्जनौ सन्तमहन्थ तथा विवाह उत्सवमा गाउँ–गाउँबाट आएका महिला श्रद्धालुहरुले...

थारूवान

वीरेन्द्र कर्ण, जनकपुरधाम- मिथिला परम्परा र संस्कारअनुसार राम–सीताको विवाहोत्सवको रुपमा मनाइने विवाहपञ्चमी विश्वकै सबभन्दा ठूलो विवाहका रुपमा रहेको छ। करिब नौं लाख वर्ष पूर्व त्रेतायुगको मार्गशीर्ष शुक्ल पञ्चमी तिथिमा भगवान श्री राम–सीताको विवाह सम्पन्न भएको थियो। सोही विवाहलाई जीवन्तता दिन मिथिलावासीद्वारा प्रत्येक वर्ष विवाह पञ्चमी मनाइने गरिन्छ।

थारूवान

काठमाडौं, मंसिर ३० (नागरिक)- नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले राष्ट्रपति रामवरण यादव पनि प्रतिगमनकारीतिर उन्मुख हुन थालेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री भट्टराईले भनेजस्तो वैशाखमा चुनाव हुनै नसक्ने भन्दै दलहरुबीच सहमति नहुने दाबी गरे।

थारूवान