राजनीति

शीर्ष नेताको ‘वार्ता’ हात्तीको देखाउने दाँत भएको लेखीको आरोप

नेपालगन्ज- नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले २०६८ को जनगणनामा १२ थरी आदिवासी, जनजातिको पहिचान उल्लेख नगर्नाले राज्य आदिवासी, जनजातिप्रति संवेदनशील नभएको देखिएको टिप्पणी गरेका छन्। महासङ्घ बाँकेद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले जनगणनामा छुटेका आदिवासी जनजातिलाई राज्यले सम्बोधन नगरे महासङ्घ आन्दोलनमा जाने चेतावनी दिए।

थारूवान

काठमाडौं- जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेत यो वर्षका लागि सीएनएन हिरो घोषित भएकी छिन्। नेपाली समय अनुसार आज बिहान सीएनएनले विश्वभरबाट गरिएको इन्टरनेट भोटिङको परिणाम अनुसार उनलाई सीएनएन हिरो घोषणा गरेको हो। ‘यो मेरा बच्चाहरुका लागि र यो मेरो देश नेपालको लागि’, उपाधि पाएपछि छोटो...

थारूवान

काठमाडौंऔ आदिवासी जनजाति महासङ्घले राष्ट्रिय जनगणना–२०६८ मा आफूहरुको सही गणना नभएको भन्दै आज थापाथलीस्थित केन्द्रीय तथ्याङ्क विभाग घेराउ गरेको छ। महासङ्घले नेपाल आदिवासी जनजाति महासङ्घमा सूचीकृत ५९ मध्ये १२ जातिको गणना नभएको भन्दै विरोध जनाएको हो। 

थारूवान

मदन चौधरी, काठमाडौं- थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा र्‍याली निकालेर सामा चकेवा पर्व मनाएका छन्। राजधानीको तिनकुनेबाट सुरु र्‍याली जडिबुटीस्थित मनोहरा खोलामा गएर टुंगिएको थियो। एक सय पचास जना सहभागी महिलाले डालामा सामा चकेवा बोकी नदीमा लगेर सेलाएका थिए। सामा चकेवा दिदीभाइबीचको प्रेमलाई प्रगाढ बनाउने पर्वको...

थारूवान

काठमाडौं- नेपाली राजनीतिका आर्दश नेता भीमबहादुर तामाङको आज बिहान निधन भएको छ। सदाझैँ बिहान घुमेर फर्कनुभएका तामाङको कोठामा आउनासाथ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो। एक्कासी स्वासप्रश्वास बढेपछि तामाङलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारको क्रममा उहाको निधन भएको हो।

थारूवान

‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइति पक्षका बीच रहेको अटूट श्रद्धा एवं प्रेमको प्रतीक हो। आज पनि नेपालको खासगरी पूर्वी तराइको गाउँगाउँमा महिलाहरू यस लोकपर्वमा सहभागी हुने गर्छन्। कलामर्मज्ञहरूद्वारा यसको कथासूत्रको रोचकता, आकर्षक दृश्यात्मकता, गीत–सङ्गीत–नृत्य र यसको पारम्परिक स्वरूपलाई अवलोकन गरी यसको अभिनय पक्षलाई पारम्परिक ‘लोकनृत्य’का रूपमा व्याख्या गरेको...

थारूवान

हिमांशु चौधरी, जनकपुरधाम- मैथिली भाषाका महाकवि विद्यापति ठाकुरको स्मृति दिवस देशका विभिन्न स्थानमा आजदेखि मनाउने क्रम सुरु भएको छ। सामान्यतः विद्यापति स्मृति दिवस विविध कार्यक्रमसहित एक महिनासम्म मनाइन्छ। मैथिली साहित्यका श्रष्टा विद्यापति कविकोकिल रहेका छन्। उनी नेपाली नभए पनि उनको कार्यक्षेत्र भने एक युगसम्म जनकपुरधाम नजिक बनौलीमा रहेको प्रमाणित...

थारूवान

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमालेलगायत विपक्षी गठबन्धनले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै मंसिर २ गतेदेखि आन्दोलन थाल्ने जनाइएको छ। जसमा कार्यकर्ताहरुको उपत्यकास्तरीय बृहत् भेला गर्ने, उद्योगी ब्यापारीसँग अन्तरक्रिया गर्नेलगायत छन्।

थारूवान

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले आज शक्ति प्रदर्शन गर्‍यो। वैशाखमा निर्वाचन गर्न र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दबाब दिन भन्दै कङ्ग्रेसले जन प्रदर्शनका साथ बसन्तपुरमा आमसभा गरेको हो। रत्नपार्कको शान्तिबाटीका भेला भई गणेशमानको शालिकमा माल्यार्पणपछि बागबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, सुन्धारा, न्यूरोड हुँदै बसन्तपुरमा जुलुस पुग्दा काठमाडौँका मुख्य स्थानमा...

थारूवान

काठमाडौं- सर्वोच्च अदालतले यथासमयमा स्थानीय निकायको निर्वाचन गराउन निर्देशनात्मक आदेश जारी गरेको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले आज यस्तो आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘स्थानीय निकायको निर्वाचनका लागि उपयुक्त र आवश्यक प्रबन्ध मिलाई यथासमयमा निर्वाचन गराउन निर्देशात्मक आदेश जारी गरिएको छ।’

थारूवान