फिचर

भलमन्साहरुको चेतावनी- अब दमन सहन्नौं

टीकापुर घटनालाई लिएर प्रहरी प्रशासनद्वारा आफुहरु माथि व्यापक दमन र धडपकड भएको भन्दै कैलाली जिल्लास्थित बड्घर/भलमन्साहरुले कडा रुपमा प्रस्तुत भएका छन् । थरुहट आन्दोलनको क्रममा भलमन्सा र सर्वसाधारणहरु माथि राज्य पक्षबाट बर्बर दमन भएकोले अव उप्रान्त अन्याय, दमन तथा धडपकड नसहने बताउँदै त्यस्ता कार्यहरुको विरुद्ध कडा रुपमा प्रस्तुत हुने उनीहरुले...

थारूवान

एक मुक्त कमैया महिला गाउँको बडघर (अगुवा) बनेकी छन् । टीकापुरको हिंसात्मक घटनापछि थारू समुदाय बडघर बन्न तयार नभइरहेका बेला पहिलोपटक मुक्त कमैया महिलाले गाउँको अगुवाइको मौका पाएकी हुन् । 

थारूवान

कैलाली र कन्चनपुरसहितको थरुहट प्रदेशको माग गर्दै सुरु भएको आन्दोलन सात महिनामा पुगेको छ । सुरुमा आमसभा, र्‍या ली जुलुश, अन्तर्क्रिया लगायतका विभिन्न कार्यक्रम गर्दै आएका थरुहट आन्दोलनकारीले साउन २२ देखि पहिचान र थहरुटको माग गरी आन्दोलन गर्दै आएका छन् ।

थारूवान

थारु समुदायमा मात्रै देखा परेको वंशाणुगत रोग सिकल सेल एनिमियाले वंश नै सकिने खतरा बढेको भन्दै वंश रक्षार्थ कैलालीका थारु अगुवाहरुले सरकारसँग माग गरेका छन्। पश्चिम तराईको नवलपरासीदेखि कञ्चनपुरसम्म बसोबास गरिरहेका अधिकांश थारु परिवारमा रोगबारे जानकारी नै नभएर ज्यान गुमाइरहेकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले कालान्तरमा थारु जातिको वंश नै...

थारूवान

अशोक थारू आज भन्दा ४६ बर्ष अगाडि २०२६ सालको कुरा हो। त्यस बेलाको चर्चित तर अहिलेको बिरान नाका कोइलाबासबाट एकजना मधेशी मूलका किराना पसले अब्दुल वकिल सिद्दिकी सपरिवार दाङ जिल्लाको हेकुली गाउँमा आइपुगे, थुप्रै घोडाहरूमा सामान बोकाएर खुद्रा पसल थाप्न। चर्चित नाकाबाट मोफसलको गाउँमा आउनुको उद्देश्य बाणिज्यमा फड्को मार्नुभन्दा...

थारूवान

दिनेश दहित/कैलाली। कैलाली गदरिया–६ बेनौलीका भलमन्सा/बडघर पहलमान चौधरीको अधिकांश समय गाउँघरका समस्या सुन्नमा नै बित्ने गरेको छ। दुई वर्षदेखि गाउँ प्रमुखको जिम्मेवारी पाउनुभएका उहाँले गाउँको पूरै व्यवस्थापकीय कार्यको नेतृत्व गर्दै आएका छन्।

थारूवान

संस्कृतलाई जातिविशेषको भाषा ठान्नेहरूका लागि मोहन चौधरी (३३) गतिलो जवाफ हुन्। ‘प्राविधिक विषय पढ्ने र जागिर खाने’ २०५४ सालमा एसएलसी पास गरेका कञ्चनपुर, बेलौरी नगरपालिका–१३ शिवनगरका मोहन चौधरीको सपना थियो। सपना पछ्याउँदै महेन्द्रनगर पुगेका उनी प्राविधिक शिक्षा तयारीका क्रममा ‘भाषा कक्षा’ भइरहेको शारदा विद्यापीठमा भर्ना हुनपुगे। त्यो वेला महेन्द्र संस्कृत विश्वविद्यालय...

थारूवान

बाबा कही सगर गैनु, मुरीया लहान रे हाँ । सखिय हो, टिकुली छुटल पानी घाट ।। राई खेत मसुरी, मसुरी खेत राई रे हाँ । सखियै हो, जौन खेत रे मोर टिकुली हेरा ।। कालो चोली र सेतो गोन्या (गुन्यो) लगाई सेतो फुन्ना (पुतली) उनेको रातो झोवन्नाले चुल्ठी पारेका...

थारूवान

कृष्णराज सर्वहारी सोह्र पार गरी सत्रमा टेकेकी छे कमलरी सन्तोली । बेलाबेला मालिकको गिद्धेदृष्टि उसको शरीरमा पर्छ। कमलरी सन्तोली बिहानको भाँडा मस्काई टिलिक्क टल्काएर आँगनको तख्तामा सुकाइरहेकी थिई। मालिकले अह्राए— ‘ए सन्तोली, एक अम्खोरा पानी ल्या त।’ ‘हस् मालिक्वा’ भन्दै बिजुलीको गतिमा अम्खोराको पानी मालिकको हातमा थमाई।

थारूवान

माघ लाग्यो कि डरले मन ‘ढक्क’ फुल्थ्यो। घरमा साहुहरूको ताँती लाग्थ्यो। बाबुआमालाई मोलमोलाइ गर्न भ्याइनभ्याई हुन्थ्यो। उनीहरू सकेसम्म कसेर ‘भाउ’ लिन खोज्ने, साहुहरूले घटाउनमै जोड दिने। अन्तिममा दुवै पक्षलाई ‘मर्का नपार्ने’ गरी मूल्यमा सम्झौता हुन्थ्यो। वर्षदिनको एकमुष्ठ रकम परिवारले साहुसँग बुझ्थ्यो। यो ‘सौदाबाजी’ पछि गंगापरस्पुर लोखरपुरकी मञ्जु चौधरीलाई थाङ्ना...

थारूवान