देश

शीर्ष नेतासँग माेर्चाको वार्ता सीमाकंनमा अड्कियाे

प्रमुख चार राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता थप छलफल गर्ने सहमतिका साथ टुङ्गिएको छ। बैठकपछि नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज सबै विषयमा अनौपचारिक छलफल भएको तर कुनै सहमति हुन भने नसकेको जानकारी दिए। आजको छलफलमा उठेका विषय आ–आफ्नो पार्टीमा थप छलफल गरेर फेरि बस्ने गरी वार्ता...

थारूवान

मन्त्रिपरिषद्को आज बसेको बैठकले विशेष प्रस्ताव पारित गर्दै तराई–मधेसमा आन्दोलनरत दलका मागलाई ध्यानमा राखी वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था भएको, झुटा ठहरिएका मुद्दाहरु फिर्ता लिने प्रक्रिया आरम्भ भएको र मृतकका परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय भई...

थारूवान

थरुहट थारुवान संयूक्त संघर्ष समितिले अनिश्चितकालिन आम हडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरेर आगामी मंसिर ५ गतेबाट पूर्व मेचिदेखि महाकालीसम्म राजमार्ग ठप्प पार्ने बताएको छ । आन्दोलनकारी मोर्चामा सत्तारुढ एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकका सांसद तथा थारु नेताहरु समेत छन् ।

थारूवान

तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका आठ दलले व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन्। सङ्घीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता अशोककुमार राईले आन्दोलनका क्रममा मारिएका व्यक्तिलाई सरकारले क्षतिपूर्ति नदिएको, घाइतेको उपचारमा ध्यान नपुर्‍याएको तथा सयौं व्यक्तिलाई हिरासतमा राखेको भनी आपत्ति जनाउँदै मधेसका जनताको स्वाभिमानमा चोट पुर्‍याउने काम...

थारूवान

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधानमन्त्री र मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री एवम् महिला तथा बालबालिकामन्त्री चन्द्रप्रकाश मैनाली र अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई सहकारी तथा गरिबी निवारण मन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। 

थारूवान

गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भएकी छन्। राष्ट्रपतिका लागि भएको निर्वाचनमा भण्डारीले ३२७ मत प्राप्त गरी विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्व महामन्त्री कूलबहादुर गुरुङले २१४ मत प्राप्त गरे। सत्तारुढ गठबन्धनको समर्थनमा भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति चुनिएकी हुन्।

थारूवान

प्रधानमन्त्री निर्वाचनमा सहभागिता जनाएपछि चौतर्फी आलोचनाको सामना गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राष्ट्रपति निर्वाचनमा भने भाग नलिने भएको छ। नयाँ संविधान बहिष्कार गरेको मोर्चाले त्यही संविधानको प्रावधान अनुसार प्रधानमन्त्रीको निर्वाचनमा सहभागिता जनाएपछि चौतर्फी आलोचना भएको थियो।

थारूवान

थारु कल्याणकारिणी सभाले सरकार र थारु सभासद्हरुबीच हुने वार्ता नमान्ने भएको छ। नवलपरासीमा भएको दुई दिने राष्ट्रिय भेलाले सरकार र थारु सभासद्हरुबीच हुने वार्ता नमान्ने प्रस्ताव पारित गरेको छ।

थारूवान

सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ताले सकारात्मक मोड लिएको छ। सिंहदरबारमा आज तीन घन्टाभन्दा बढी समयसम्म चलेको वार्तामा मोर्चाले आफ्ना माग स्पष्ट रुपमा प्रस्तुत गरेको र छलफल सकारात्मक रहेको वार्ता टोलीका सदस्यले बताएका छन्।

थारूवान

थारूवान थरूहट संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच अाज अनौपचारिक वार्ता हुँदैछ। दिउँसो ३ बजे परराष्ट्रमन्त्रालयमा वार्ता हुने बताइएको छ। नयाँ सरकार गठन भएपछि बनेको नयाँ सरकारी वार्ता टोलीसँग संघर्ष समितिको पहिलो वार्ता हुन लागेको हो।

थारूवान