देश

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कात्तिक ११ गते ११ बजे

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन व्यवस्थापिका-संसद्मा कात्तिक ११ गते हुने भएको छ। व्यवस्थापिका-संसद्को आजको बैठकमा सभामुख ओन्सरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपदफा (२) अनुसार राजनीतिक सहमतिमा यही कात्तिक ८ गते १६ः३० बजेभित्र र त्यसो नभए सोही धाराको उपदफा (३) बमोजिम कात्तिक ११ गते ११ बजे निर्वाचन हुने जानकारी...

थारूवान

सरकार र आन्दोलनरत संयुक्त मधेसी मोर्चाबीच आज भएको वार्तामा दुवै पक्षले एक अर्कालाई आ–आफ्ना अडानमा लचिलो हुन आग्रह गरेका छन्।

थारूवान

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणबाट फर्केर आउनासाथ बसेको मन्त्रिपरिषद बैठकले मधेस आन्दोलन समाधानका निम्ति वार्ता समिति गठन गरेको छ।

थारूवान

मधेसी जनतालाई धोका दिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सरकारमा गएको भन्दै सो पार्टीका सिरहा जिल्ला कार्य समितिले आज सामूहिक राजीनामा दिएका छन्।

थारूवान

‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को आजको पहिलो बैठकले आन्दोलनरत तराई–मधेस केन्द्रित दलसँग वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरिएको बैठकपछि समितिका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए।

थारूवान

थरुहट/थारुवान संघर्ष समितिले दुई महिनादेखि जारी आन्दोलन दशै तिहार अवधिभरी पनि जारी रहने स्पष्ट पारेको छ । समितिले एक विज्ञप्ती जारी गर्दै तराईका सम्पूर्ण जिल्लाहरुमा बिरोधसभा, कोणसभा, भण्डाफोर अभियान लगायत पूर्व घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु सशक्तरुपमा माग पुरा नभएसम्म निरन्तर जारी राखिने जनाएको छ ।

थारूवान

सीमांकनसहित समानुपातिक समावेशी, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोक्न नेकपा एमाले र एकीकृत माओवादी मञ्जुर भएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी भयो। फोरम अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीमा शपथसमेत लिइसके तर उनको गाउँ सुनसरीको दुहबीमा भने आन्दोलन रोकिएको छैन। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री चुनावमा भाग लिएसँगै मधेसकेन्द्रित दलको आन्दोलनको...

थारूवान

मुलुकको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएको एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. रामबरण यादवले ओलीलाई प्रधानमन्त्रीको शपथ दिलाएका हुन्।

थारूवान

प्रकाश सिलवाल झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल भएका छन्।  

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पदको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार सुशील कोइरालालाई मत खसाल्ने निर्णय गरेको छ । नेपालको नयाँ संविधानअनुसार व्यवस्थापिका–संसद्मा आज नयाँ प्रधानमन्त्री पदमा निर्वाचन हुँदै छ । तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) कार्यालयमा आज बसेको सो मोर्चाको बैठकले सो निर्णय गरेको तमलोपाका नेता अकबाल अहमद साहले सञ्चारकर्मीलाई...

थारूवान