थारू विद्यार्थीलाई मेटमणिको सुझाव- ‘सीमान्तकृत समुदाय हौं भनेर दंग नपरौँ’

सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु समुदायलाई सिमान्तकृत हौं भनेर दंग नपर्न सुझाएका छन्। पुल्चोक क्याम्पसमा शनिबार आयोजित थारु विद्यार्थी सभाको वार्षिक सभामा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले यस्तो धारणा राखेका हुन्।

थारु समुदायले दुःख, गरिबीका कुरा मात्र गर्ने गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘अब हामीले दुःखका, गरिबीका गीत मात्रै गाउने होइन। सीमान्तकृत समुदाय हौं भनेर दंग पर्ने होइन। हिम्मतका, मिहिनेतका कुरा गर्नुपर्छ। सफलताका कथा सुन्नुपर्छ। दंगीशरण चौधरी राजा भएको इतिहास छ। थारुहरु प्रधानपञ्च, हेड मास्टर भएको इतिहास छ। पञ्चायतकालमा परशुनारायण राजदरबारका स्थायी सदस्य भएका थिए।’

उतिबेला थारुहरुले समाजको अगुवाइ गरेको प्रशंग निकाल्दै मन्त्री चौधरीले थपे, ‘त्यो बेला पनि समाज मिश्रित थियो। आज पनि मिश्रित नै छ। त्यतिबेला नेतृत्व गरेको थारु समाज आज किन पछाडि पर्‍यो भनेर हामीले सोच्नुपर्छ। फेरि पनि हामीले समाजको अगुवाई गर्ने हिम्मत गर्नुपर्छ।’

इन्जिनियरिङ पढ्नु आफैंमा राम्रो भएको बताउँदै सहरी मन्त्री चौधरीले राजनीतिमा पनि अगुवाई गर्न थारु विद्यार्थीहरुलाई आग्रह गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *