१४८ जना थारु विद्यार्थीहरू सम्मानित, ५० हजारको छात्रवृत्ति घोषणा

थारु आयोगकी सदस्य, अधिवक्ता एवं थारू विद्यार्थी समाजका पूर्वसदस्य मा. शान्दी मोदीले थारु विद्यार्थीका लागि ५० हजार रुपैयाँको छात्रवृत्ति घोषणा गरेकी छन्। थारु विद्यार्थी समाजको २७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रकममा उनले पाँच वर्षका लागि प्रतिवर्ष १० हजार रुपैयाँका दरले थारु विद्यार्थी समाजमार्फत् छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेकी हुन्।

बौद्धको टुसालस्थित बरघर रेस्टुरेन्टमा आयोजित कार्यक्रममा थारु विद्यार्थी समाजले एसईईमा उत्कृष्ट नतिजा ल्याउने १४८ जना विद्यार्थीहरुलाई सम्मान गरेको थियो। सहरी विकासमन्त्री मेटमणि चौधरीले विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा थारु विद्यार्थी समाजका पूर्व अध्यक्ष, हालका अध्यक्ष र पदाधिकारीहरुको सहभागिता रहेको थियो। सबैको सहभागितमा केक काटेर उत्सव मनाइएको समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीले जानकारी दिए। आदिवासी जनजाति विद्यार्थी महासंघकाे अध्यक्षसमेत रहेका चाैधरीका अनुसार उपस्थित हुन नसकेका विद्यार्थीहरुको सम्मानपत्रका लागि बाघबजारस्थित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *