रेशमको पार्टीलाई फटाहा भन्ने जनकराज चौधरीको वडामा नागरिक उन्मुुक्ति पार्टी विजयी

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका उपसभाति एवं पूर्वराज्यमन्त्री जनकराज चौधरीको वडामा नागरिक उन्मुक्ति पार्टीले विजय हासिल गरेको छ। सो पार्टीका अनर चौधरी अत्यधिक मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन्।
उनले कांग्रेस उम्मेदवारलाई २२६ मतान्तरले पराजित गर्दै ८०३ मत प्राप्त गरे।

महिला सदस्यमा नागरिक उन्मुक्ति पार्टीका सोनी डङ्गौरा, नागरिक उन्मुक्ति पार्टीबाट दलित महिला सदस्यको उम्मेदवार नहुँदा सो पद्मा काङ्ग्रेसका उम्मेदवार शान्ती नेपाली विजयी भइन्।

खुला सदस्यमा नागरिक उन्मुक्ति पार्टीका रामबहादुर चौधरी र श्यामसुन्दर चौधरी विजयी भए। यसघि रामजन चौधरीको वडामा पनि नागरिक उन्मुक्ति पार्टी विजयी भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *