एमाले महाधिवेशन: ओलीले यी थारु नेतालाई बनाउँदैछन् केन्द्रीय सदस्य

नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत सौराहामा जारी बन्द सत्र हलले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। सर्वसहमतिका लागि ओलीलाई अधिकार दिएको हो। बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव गरेका थिए। पौडेलको प्रस्तावमा हलले समर्थन जनाएको छ।

पदाधिकारी छान्ने जिम्मा ओलीलाई दिएपछि भीम रावलले आपत्ति जनाएका छन्। उनले यसरी एक्लै निर्णय गर्न नपाइने बताएका छन्। उनले विधान पनि लोकतान्त्रिक पद्धतिबाट निर्वाचन गराउने स्मरण गराए। ‘विधान पनि लोकतान्त्रिक पद्धतिबाट नयाँ कार्यसमिति चयन गरिने भनिएको छ। यदि यस्तै गर्ने हो भने फलानोले छान्ने भनेर विधानमै लेखौं,’ उनले भने।

कार्यसमितिमा आउने थारु नेताहरुको सम्भावना
केपी ओलीले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार पाएपछि केही थारु नेताहरु केन्द्रीय सदस्य बन्ने पक्कापक्की भएको छ। यसअघि थारु कोटाबाट ६ जना प्रतिनिधि चयन हुने भनेपनि ३०१ सदस्यीय कार्यसमिति बनाइएपछि थप एक जना थारु कोटाबाट केन्द्रीय सदस्य बन्ने बाटो खुला भएको छ।

यही महाधिवेशनमा कुनै पनि थारु नेता पदाधिकारी बन्ने छैनन्। स्रोतका अनुसार ‌ओलीले केही थारु नेताहरुको नाम ‘सर्टलिस्ट’ गरिसकेका छन्। ओलीले शान्ता चौधरी, भगवती चौधरी, वैजनाथ चौधरी, राजकुमार लेखी, नारदमुनी राना, गौरीशंकर चौधरीको नाम सर्टलिस्टमा राखेका छन्। त्यसका अलवा, नरुलाल चौधरी, वलवीर प्रसाद चौधरी, मञ्जु चौधरी, गंगा थारु, ममता प्रसाद चौधरी, द्वारिकलाल चौधरी, सत्यनारायण चौधरी केन्द्रीय सदस्यका आकांक्षी रहेका छन्।
एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा ५१ जना थारु प्रतिनिधिहरु सहभागी छन्।

यी हुन् थारु प्रतिनिधिहरु
१) गौरीशंकर चौधरी
२) नरुलाल चौधरी
३) नारदमुनी राना
४) बलवीरप्रसाद चौधरी
५) वैजनाथ चौधरी
६) भगवती चौधरी
७) मञ्जुकुमारी चौधरी
८) शान्ता चौधरी
९) लालवीर चौधरी
१०) केवालाल चौधरी
११) सत्यनारायण चौधरी
१२) गुणवतीदेवी चौधरी
१३) द्वारिकलाल चौधरी
१४) भूमिनारायण चौधरी
१५) वच्चुलाल चौधरी
१६) ताराकान्त चौधरी
१७) मिन्तु चौधरी
१८) देवनारायण चौधरी (सप्तरी)
१९) राजेन्द्र चौधरी
२०) गीता चौधरी
२१) कमलकिशोर चौधरी
२२) नागेन्द्र चौधरी (महोत्तरी)
२३) जितेन्द्र चौधरी
२४) पलट चौधरी
२५) केशवप्रसाद चौधरी
२६) त्रिलोकी चौधरी
२७) चन्द्रदेव चौधरी
२८) देवनारायण चौधरी (बारा)
२९) सरस्वती चौधरी
३०) जयप्रकाश चौधरी
३१) मझिलाल थनेत
३२) तुलसीप्रसाद चौधरी
३३) जागेश्वरदेवी चौधरी
३४) विश्राम चौधरी
३५) रामजी चौधरी
३६) गंगा थारु सत्गौंवा
३७) धमकली चौधरी
३८) लहानु चौधरी
३९) पहाडी चौधरी
४०) विष्णु चौधरी
४१) रामप्रसाद चौधरी
४२) नेपालु चौधरी
४३) झुमा अधिकारी चौधरी
४४) जनक चौधरी
४५) उषादेवी चौधरी
४६) प्रदीप चौधरी
४७) दुर्गा थारु
४८) राजकुमारी चौधरी
४९) महेश्वरी चौधरी (उदयपुर)
५०) ममताप्रसाद चौधरी
५१) कृपाराम राना




Leave a Reply

Your email address will not be published. Required fields are marked *