परशुराम चौधरीको सिनेमा हलमा आगलागी

सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी भएको छ। बिद्युत सर्ट हुँदा आगलागी भएको हलका सञ्चालक परशुराम चौधरीले जानकारी दिए। उनका अनुसार एक्कासि विद्युर्त सर्ट भएर आगलागी भएको थियो।

‘फिल्म हलको कन्ट्रोल रुममा एक्कासि विद्युत सर्ट भइ आगलागी भयो,’ उनले भने, ‘आगो निभाउने प्रयास जारी छ।’ आगो नियन्त्रणमा लिन ४ वटा दमकल पुगेको छ। साइराम मार्केटको भवनमा रहेको म्याजिक सिनेमा हल झुम्काको एकमात्र फिल्म हल हो।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, दमकल र स्थानीयबासी लागिपरेको जनाइएको छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *