bijay party 01मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको महाधिवेशनको उद्घाटन समारोहमा मधेसी मोर्चामा आवद्ध दलहरु देखिएनन् ।विराटनगरमा सोमबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन शत्रमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपालदेखि माले र राष्ट्रिय जनमोर्चाका नेताहरु देखिए ।

प्रधानमन्त्री केपी शर्मा ओली आफै जाने बताइएको थियो । उद्यपि अन्तिम समयमा माधवकुमार नेपाल पुगे ।  एमाओवादी अध्यक्ष प्रचण्ड पुगे । भारतीय जनता पार्टीका भगतसिंह कोसियारी लगायतका पाहुना पनि उपस्थित थिए । र, उनीहरुले शुभकामना मन्तव्य दिए ।

तर, मधेसी मोर्चामा आवद्ध दलका कोही पनि आएनन् । फोरम लोकतान्त्रिकले निम्तो दिएको थियो तर, मोर्चामा आवद्ध नेताहरु अनुपस्थित भएका हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *