अमेरिकाको टेक्सासमा मनाइयो भब्य माघी, थारू समाजको अध्यक्षमा राम चौधरी निर्वाचित

अमेरिकाको टेक्सासमा भब्यरूपमा माघी कार्यक्रम मनाइएको छ। टेक्सास थारु समाजको आयोजनामा माघी कार्यक्रमसँगै समाजको दोस्रो साधारणसभासमेत सम्पन्न गरिएको छ।

संस्थाका कार्यबाहक अध्यक्ष शशीकपुर चौधरीको अध्यक्षता तथा थारु विज्ञ प्रेमनारायण चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा दीपक दीप, करिस्मा चौधरी, दिनेश चौधरी र दिब्या अनुपमा चौधरी र महेश चौधरीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाका पदाधिकारी र सुभेच्छुकहरूलाई धन्यवाद तथा सम्मान पत्र प्रदान गरिएको थियो।

अध्यक्ष राम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माघीको बारेमा पब्लिक स्पिकिङका उत्प्रेरक सान्भी चौधरी र खगेन्द्र चौधरीले प्रस्तुत दिएका थिए।

कार्यक्रममा संस्थाका आर्थिक सल्लाहकार योग चौधरी, मधेसी समाज डी एफ डल्लुका अध्यक्ष बिर्जेन्द्र शाह, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्दका सचिव दिनेश ज्ञवाली, विशिस्ट अतिथि रहेका नेपाली समाज टेक्सास (एनएसटी)का अध्यक्ष राजेन्द्र वाग्लेलगायतले सम्बोधन गरेका थिए भने नेत्र सागर चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए।

त्यसैगरी टेक्सास थारु समाजको दोस्रो साधारण सभाले राम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा शशी कपुर चौधरी, उपाध्यक्षमा मनिषा चौधरी, महासचिवमा नेत्र सागर चौधरी, कार्यकारी सदस्यमा दिनेश चौधरी, सन्तोष चौधरी र महिला संयोजक जुनु दहित निर्वाचन भएका थिए। संस्थाले सचिव, कोषाध्यक्ष र सदस्यहरूलाई मनोनीत गरी पूरा गरिने निर्वाचन समितिका संयोजक सुशील चौधरी र सदस्य विजय सरदारले जानकारी गराए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *