थारु संस्कृतिको प्रवर्द्धन गर्न भादा महोत्सव हुँदै

कैलालीको धनगढी उपमहानगरपालिका-१६ मा रहेको भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ। थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग र जगेर्ना गर्ने उद्देश्यले थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको हो।

आगामी पुस १७ देखि २२ गतेसम्म महोत्सव आयोजना गर्ने आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। पर्यटन व्यवसायमार्फत थारु जातिको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागेको समितिका अध्यक्ष लक्ष्मीनारायण बखरियाले जानकारी दिए। उनले महोत्सवमार्फत थारु होमस्टे गाउँ भादाको प्रचारप्रसार पनि हुने बताए।

महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, लहरुमा गाउँको अवलोकन, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङलगायत आकर्षणको रुपमा रहने आयोजकले जानकारी दिएको छ। महोत्सवको एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष बखरियाले बताए। सन् २०११ बाट भादामा होमस्टे व्यवसाय सुरु भएको थियो। हालः सो गाउँको १९ घरमा घरबास छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *