थाकस मलेसियाको सभापतिमा मनिराम थारु चयन

थारु कल्याणकारिणी सभा (थाकस) मलेसियाको सभापतिमा मनिराम थारु चयन भएका छन्। क्वालालमपुरमा आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन भएको हो। जसको उपसभापति पुरुषतर्फ पुरशुराम थारू (एलेक्स), प्रजेश थारू, उपसभापति महिलातर्फ राधा मगर थारू, महामन्त्रीमा आरपी चौधरी, सहमहामन्त्रीमा सागर चौधरी र कोषाध्यक्षमा रमेश पन्जियार थारु चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा गोविन्द चौधरी थारू, मुक्ति चौधरी थारू, रामबहादुर दहित थारु, अर्जुन चौधरी थारु, राजिव चौधरी, धनबहादुर चौधरी, अनिल थारु, प्रविन थारु, रोशन थारु, बुधराम थारु, धर्मेन्द्र चौधरी, सुशील दहित, केशव राजबंसी र संजय चौधरीलगायत रहेका छन्। संस्थापक संरक्षकको रुपमा घनश्याम चौधरी (आरएन थारु) रहेका छन्।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत थारुहरु एकजुट भई स्थापना भएको प्रवासी थारु सेवा समाज औपचारिकरुपमा थारु कल्याणकारिणी सभाको विदेश शाखाको रुपमा मान्यता पाएको छ।

कार्यक्रम मनिराम थारुको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका सचिव ईश्वर राई, अतिथिहरुमा जन सम्पर्क समिति मलेसियाका सदस्य ईन्दु बस्नेत, समाजसेवी रमेश पौडेल, पत्रकार कृष्णप्रसाद गुप्ता लगायत स्थानीय आइएनजिओको प्रतिनिधिहरुको सहभागिता रहेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *