अमेरिकीबासी थारूहरूको साझा संस्था ‘टीएफए’को अध्यक्षमा सुरेन्द्र चौधरी निर्वाचित

अमेरिकीबासी थारूहरूको साझा संस्था थारू फ्रेन्ड्स एन्ड एसोसियशन (टीएफए)ले नयाँ कार्यसमिति चयन गरेको छ। सिकागोमा भएको सधाराणसभाबाट अध्यक्षमा सुरेन्द्र चौधरी निर्वाचित भएका छन्। उनी सन् २०२४ सम्मका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

त्यस्तै उपाध्यक्षमा दीपक चौधरी (न्युयोर्क), रामलखन सिंह (क्यालिफोर्निया), सचिवमा ज्ञानेन्द्र चौधरी (Hawaii), संयुक्त सचिवमा डा. विनोद चौधरी (वाशिङ्टन) र सचिवमा सञ्जय चौधरी रहेका छन्।

त्यस्तै कार्यकारी सदस्यमा हरेन्द्र चौधरी (Massachusetts), ईश्वर चौधरी (Nebraska), जयनारायण चौधरी (Nebraska), तारा चौधरी (Illinois) र सुष्मा महतो (Michigan) रहेका छन्। निर्वाचित कमिटीलाई सत्यनारायण चौधरीले सपथ खुवाएका थिए।

यो संस्थाले नेपालमा थारू समुदायका लागि सामाजिक कामहरू गर्दै आएको छ। यो संस्थाले प्राकृतिक विपत्ति होस् चाहे थारू समुदायमा आइपर्ने समस्या नै किन नहोस् आफ्नो उपस्थिति जनाउँदै आएको छ। यो संस्थाले अमेरिकीबासी थारूहरुको उत्थानका लागि पनि काम गर्दै आएको छ।

यो संस्थाले वर्षेनि गरिब तथा जेहेन्दार थारू विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। छात्रवृत्तिमा कमलरी/कमैयाको छोरा छोरीलाई पनि प्राथमिकतामा राख्ने गरेमो टीएफसीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *