थाकस कतारले २३ सेप्टेम्बरमा जितिया मनाउँदै, तयारी पूरा

पछिल्लो समय प्रवासमा बस्ने थारुहरुले पनि थारू पर्वहरु मनाउँदै आएका छन्। थारू भाषा, सँस्कृति र पहिचानको जगर्ने गर्ने उद्देश्यले प्रवासका थारुहरुले पनि सामूहिकरुपमा चाडपर्व मनाउन थालेका हुन्।

थारू कल्याणकारिणी सभाको कतार च्याप्टरले जितिया पर्व मनाउने भएको छ। शुक्रबार बसेको सभाको बैठकले जितिया पर्वका लागि आवश्यक सबै तयारी पूरा गरेको सभापति श्याम चौधरीले जानकारी दिए।

‘हामी श्रमिक भएर विदेश आउँछौं। विदेश आएपछि आफ्नो सँस्कृति भुलिन्छौं। सँस्कृति रीतिरिवाजलाई प्रवासमा पनि प्रबर्द्धन गरौं भन्ने हाम्रो चाहना हो। त्यही भएर माघी, जितियालगायत प्रमुख चाडहरु मनाउँछौं। कतार बस्ने थारूहरुले भब्य जितिया मनाउने तयारी गरेका छौं,’ सभापति चौधरीले थारुवानसँग भने।

कार्यक्रम सेप्टेम्बर २३ मा नज्मा दोहाको शालिमार इस्तानबुल रेस्टुरेन्टमा हुनेछ। ‘थारु समुदायको विशेष पर्व जितिया- पर्वको अवसरमा थारु कल्याणकारिणी सभा, कतार च्याप्टरद्वारा ‘जितिया पर्व कार्यक्रम २०२२’ आयोजाना गरिएको हुँदा कतारमा स्थापित विभिन्न संघ संस्थाहरु, समाजसेवी, बुद्धिजीवी, व्यावसायि, सम्पुर्ण थारु समुदाय तथा गैर थारु समुदाय सबैमा निम्न मिति, स्थान र समयमा तपाईको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं,’ सभाले आह्वान गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *