गायक केशवराज महतोले जिते मिस्टर इन्डिजिनियस युएईको उपाधि

गायक केशवराज महतोले मिस्टर इन्डिजिनियस २०२२ को उपाधि जितेका छन्। नेपाल आदिवासी जनजाति महासंघ, युएईद्वारा आयोजित समारोहमा उनले मिस्टर इन्डिजिनियसको उपाधि जितेका हुन्। थारु कल्याणकारिणी सभा युएईमा सक्रिय भूमिका निर्वाह गर्दै आएका महतोले आदिवासी जनजाति र थारुका सबालहरुमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। युएईमा हुने थारु माघी महोत्सवमा पनि उनले थारु कलाको संरक्षण गर्दै आएका छन्।

गायक महतोले उपाधि जितेर ऊर्जा मिलेको बताएका छन्। ‘आजसम्म मैले आदिवासी जनजातिको कार्यक्रमहरुमा जसरी सहभागिता जनाउँदै आएको थिएँ। यो जितले मलाई थप ऊर्जा प्रदान गरेको छ कि म प्रवासमा रहनुहुने आदिवासी जनजातिहरुको लागि जिम्मेवारीका साथ केही थप उल्लेखनीय टेवा पुर्यामउन सकुँ। म प्रतिबद्द छु यो उपाधिको वर्चस्व सदा कायम राख्नेछु र निरन्तर सहकार्यका लागि तम्तयार रहनेछु,’ उपाधि जितेपछि उनले भने। सोही समारोहबाट मिस इन्डिजिनियसको उपाधि सीमा राईले जितेकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *