क्यानडामा तिब्बती समूहद्वारा चीनको विरोध

क्यानडामा तिब्बती समूहले चीनको विरोध गरेका छन्। चीनले आफ्नो शीतकालीन बेइजिङ ओलम्पिक्स सुरु गरेपछि क्यानडामा रहेका तिब्बती समूहले चीनले गरेको मानवअधिकार उल्लंघनको विरोध गरेका हुन्।

उनीहरुले टोरोन्टोस्थित क्यानडियन ओलम्पिक सतिमीको कार्यालय अघि सो विरोध गरेका हुन्। रिजनल तिबेटियन युथ कंग्रेस टोरोन्टो, इस्ट टर्किस्तान एसोसियसन अफ क्यानडा, क्यानडियन तिबेटियन एसोसियसन र तिबेटियन वुमेन एसोसियसन अफ ओन्टोरिओ आदि समूहले संयुक्त रुसमा सो विरोध गरेका हुन्।

चीनले तिब्बतमाथि जमाएको कब्जालाई उजागर गर्न ओलम्पिक्स खेलकुद आयोजना गरेको भन्दै क्यानडामा रहेका तिब्बती नागरिकले चीनको विरोध गरेका हुन्। उनीहरुले चीनमाथि तिब्बती नागरिकहरुको अधिकारको लगातार उल्लंघन गर्दै आएको आरोप लगाएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *