थारु सोसाइटी अष्ट्रेलियाको अध्यक्षमा पुनः दीप नारायण चौधरी, तीन वर्षमा करिब दस लाख सहयोग

थारु सोसाइटी सिड्नी अष्ट्रेलियाले पुरानै कार्यसमितिलाई निरन्तरता दिएको छ। आइतबार सिड्नीको रकडेलस्थित झरना फंक्सन सेन्टरमा आयोजित साधारणसभाले दीप नारायण चौधरीको नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिएको हो। यससँगै थप दुई जना सदस्य थपिएको संस्थाका पब्लिक अफिसर अरुण चौधरीले जानकारी दिए।

कार्यसमितिको उपाध्यक्षमा निमेष लेखी, साइमन चौधरी, महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिंकु चौधरी, सह कोषाध्यक्षमा शिशिर चौधरी, संयोजकमा मिश्रा कुमारी चौधरी, सहसंयोजकमा सुनिता चौधरी, पब्लिक रिलेशन अफिसरमा अरुण चौधरी, साँस्कृतिक विभागमा मनोरमा चौधरी, खेलकुद विभागमा विनय चौधरी, आइटी संयोजकमा उमेश चौधरी, विद्यार्थी संयोजकमा सन्दीप चौधरी रहेका छन्।

सदस्यहरुमा श्रुती चौधरी, मुक्ति नारायण चौधरी, सुनम चौधरी, सन्तोष चौधरी, मधुकर चौधरी, रञ्जना चौधरी, अविनाश चौधरी, उपाश्ना चौधरी र सन्ध्या चौधरी रहेका छन्।

त्यस्तै सल्लाहकार समितिमा रामेश्वर चौधरी, दुर्गानन्द चौधरी र सुकाइ चौधरी रहेका छन्।

थारु सोसाइटी सिड्नी अष्ट्रेलिया औपचारिकरुपमा सन् २०१८ अगष्ट ९ तारिखमा स्थापना भएको थियो। यो संस्थाले अष्ट्रेलियन सरकारमा सामाजिक संस्थाकारुपमा दर्तासमेत भएको छ।

महासचिव पृथ्वी चौधरीले संस्थाले विगत तीन वर्षमा गरेका गतिविधिहरुसमेत सार्वजनिक गरेका थिए। विगत तीन वर्षमा संस्थाले साँस्कृतिक गतिविधसहित समस्यामा परेकालाई आर्थिक तथा भौतिक सहयोग गरेको छ।

संस्था स्थापना हुँदा २४ सदस्यीय कार्यसमिति बनाइएको थियो। संस्थाले पहिलो गतिविधिका रुपमा १० नोभेम्बर २०१८ मा पिकनिक कार्यक्रम आयोजना गरेको थियो। त्यहाँ उपस्थित करिब दुई सय जनालाई संस्थाले खानपिनको व्यवस्था मिलाएको थियो।

त्यस्तै संस्थाले अष्ट्रेलियामा पहिलोपटक १५ जनवरी २०१९ मा माघी कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा थारु झाँकी प्रस्तुत गर्नुका साथै सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा थारु खानाका परिकारहरुको पनि व्यवस्था गरिएको थियो।

त्यस्तै दोस्रो माघी कार्यक्रम १५ जनवरी २०२० मा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा पनि थारु खानाका परिकारसँगै झाँकी प्रस्तुत गरिएको थियो। कार्यक्रममा अष्ट्रेलियामा बस्ने थारुसहित गैर थारुहरुको पनि बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा नृत्य प्रस्तुत गर्नेहरुलाई संस्थाले सर्टिफिकेट समेत दिएको थियो।

त्यस्तै संस्थाले समस्यामा परेकाहरुलाई आर्थिक तथा भौतिक सहयोग पनि गर्दै आएको छ। कोषाध्यक्ष रिंकु चौधरीका अनुसार संस्थाले पहिलो आर्थिक सहयोग चितवनका बासिन्दा र साउदीमा अलपत्र परेका जलेश्वर चौधरी बचाउ अभियानमा ६ हजार ५५० डलर सहयोग गरेको थियो।

त्यस्तै अष्ट्रेलियामा आगलागी भएका बेला संस्थाले १ हजार ११० डलर सहयोग गरेको थियो। संस्थाले कोरोना महामारीका बेला गैर आवासीय नेपाली संघ अष्ट्रेलियालाई गत वर्ष ५ सय डलर र यसवर्ष एक हजार डलर सहयोग गरेको थियो।

त्यस्तै संस्थाकी सदस्य सुनमका पतिका लागि १ हजार ६३३ डलर सहयोग गरिएको थियो।

संस्थाले प्रवासमा रहेका थारुहरुलाई एकीकृत गरेर थारु भाषा,  सँस्कृति तथा पहिचानलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। अष्ट्रेलियामा आउने थारु विद्यार्थीहरुका लागि आवश्यक सहयोग गर्न संस्था सधैं तत्पर रहने र त्यही भएका थारुहरुलाई कुनै समस्या पर्दा पनि संस्थाले अग्रसरता लिने पब्लिक रिलेशन अफिसर अरुण चौधरीले जानकारी दिए।

संस्थाले अष्ट्रेलियामा रहेका अन्य नेपाली संस्थाहरुसँग एक्यबद्धता गर्दै अगाडि बढ्ने र संस्थालाई थप मजबुद बनाउँदै लैजाने निर्णय भएको संस्थाका अध्यक्ष दीप नारायण चौधरीले जानकारी दिए। ‘साथै नेपालमा थारु समुदायमा आइपर्ने समस्याका लागि सहयोग गर्न पनि हामी सधैं तत्पर रहने छौं,’ कार्यक्रम समापन गर्दै अध्यक्ष चौधरीले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *