थाकस दक्षिण कोरियाको तेस्रो अधिवेशन मे १६ मा हुने

थारु कल्याणकारिणी सभा, दक्षिण कोरियाको तेस्रो अधिवेशनको मिति तय भएको छ। सभाका अध्यक्ष शिव चौधरीका अनुसार अधिवेशन मे १६ मा तय भएको हो। कोरोना महामारीका कारण यसवर्ष भर्चुअलरुपमा अधिवेशन गर्न लागेको उनले बताए।

‘हाम्रो कला र संस्कृति हाम्रो पहिचान, संरक्षण र सम्बर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित अधिवेशनमा विभिन्न पेसामा आबद्ध कोरियावासी थारु तथा गैर थारुहरुको भर्चुअली उपस्थिति रहने उनले बताए।

सन् २०१५ मा स्थापना भएको थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले स्थापना कालदेखि नै थारु समुदायको भाषा ,धर्म, संस्कार, संस्कृतिलाई संरक्षण र सम्बर्द्धन गर्दै आएको छ। संस्थाले सामाजिक तथा परोपकारी क्षेत्रमा विशेषगरी गरी कोरियामा रहेका नेपालीहरुको दुःख पीडामा साथ सहयोग गर्नका साथै स्वदेशमा बेला बखतमा आइपर्ने आपतकालीन अवस्थामा पनि आर्थिक सहयोग गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *