जलेश्वरलाई अमेरिकी थारुहरुको १ लाख २२ हजार सहयोग

कारी महतो।
साउदी सरकारलाई ब्लडमनि तिर्न नसकी साउदीमा अलपत्र परेका खैरहनी नगरपालिका वडा नं. १०, चितवनका जलेश्वर महतोलाई सकुशल स्वदेश फिर्ता ल्याउनका लागि विभिन्न संघसंस्थाहरुले आर्थिक सहयोग गरेका छन् । यसैबीच अमेरिकामा रहेका थारुज एण्ड फ्रेन्ड्स् एशोसिएसन (टिएफए) ले जलेश्वर महतो बचाउ अभियानका लागि एक लाख २२ हजार आठ सय रुपैयाँ सहयोग गरेका छन् ।

टिएफएले काठमाडौंमा रहेका कल्याणकारी बचत तथा ऋण सहकारी संस्था मार्फत पठाएको उक्त रकम सहकारी संस्थाका व्यवस्थापक धर्मलाल चौधरीले जलेश्वर महतो बचाउ अभियानको नाममा गरिमा बिकास बैंक लिमिटेडमा रहेको खाता नं. ०३७१०१००७४००७५०००००१ मा नगद जम्मा गरेर थारु पत्रकार संघ चितवनलाई जानकारी गराएका हुन् ।

विभिन्न अनलाईन मिडियाहरुबाट जलेश्वर महतोको बारेमा जानकारी पाएपछि थारुज एण्ड फ्रेन्ड्स एशोसिएसन अमेरिकाका अध्यक्ष सुशील चौधरीले अमेरिकामा रहेकका थारु लगायत नेपालीहरुलाई इमेल मार्फत सहयोगका लागि आहवान गरेका थिए ।

साउदी सरकारलाई ४५ लाख ब्लडमनि तिर्नुपर्नेमा हालसम्म २७ लाख नगद संकलन भएको जलेश्वर महतो बचाउ अभियानका अभियन्ता तथा जलेश्वरका छिमेकी सन्त कुमार महतोले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *