राजपा नेताकाे प्रश्न- ‘नवराज सिलवाललाई शपथ रेशम चौधरीलाई किन नाइ?’

राजपा नेता केशव झाले रेशम चौधरी निर्दोष भएको बताएका छन् । एपी वन टेलिभिजनसँगको कुराकानीमा नेता झाले रेशम निर्दोष रहेकाले जसरी पनि शपथ गराउने बताए । ‘घटना हुँदा रेशम चौधरी टीकापुरमै थिएनन्, उनी कसरी दोषी भए ?,’ उनले प्रश्न गरेका छन् ।

झाले नेपालको कानुन नै विभेदकारी भएको बताए । सर्वोच्चले पक्राउ आदेश दिँदा पनि नवराज सिलवालले शपथ लिन पाउने, अभियोग लाग्दैनमा रेशम चौधरीले शपथ लिन नपाउने ?,’ उनको प्रश्न थियो ।

झाले अभियोग लगाउँदैमा कोही दोषी नहुने बताएका थिए ।

भिडियाे हेर्नुस्




Leave a Reply

Your email address will not be published. Required fields are marked *