थारु बस्तीमा माघीको रौनक [फोटो फिचर]

भगतराम थारु/नेपालगन्ज

थारु समुदायको माघी पर्व आउन दुई दिन बाँकी रहँदा थारु बस्तीमा चहलपहल बढेको छ। थारु समुदायको महान पर्व अर्थात् थारु समुदायको नयाँ वर्षको रुपमा मानिने माघी पर्व नजिकिदै गर्दा थारु बस्तीमा चहलपहल बढेको हो। माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन्।

माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले यसलाई तामझामका साथ मनाउने गरेको बर्दिया ठाकुरबाबा नगरपालिका ३ मिर्चैयाका हरिप्रसाद थारुले बताए। पर्व नजिकिदै गर्दा आफूले अरुको घरमा मजदुरी गर्न जाने गरेको उनले बताए। पर्वलाई सभ्य तरिकाले मनाउनका लागि आफूले मजदुरी गरिरहेको उनले बताए।

मजदुरी गरेको पैसाले माघी मनाउने उद्देश्य रहेको चौधरीको भनाई छ। माघी मनाउनका लागि जाँड, रक्सी र घर लिपेर सक्यो बाँके फत्तेपुरका फुलमति थारुले बताए। माघी पर्व भव्य तरिकाले मनाउने भएको हुनाले यसलाई अझ भव्य बनाउन सवै तयारी पूरा भएको उनले बताए। माघीमा आफन्ती आउने भएको हुनाले उनिहरुको सेवा सत्कारका लागि सम्पूर्ण तयारी पूरा भएको उनले बताए। घरमा धेरै आफन्ती एकै ठाउँमा जम्मा भएर मनाउने योजना रहेको फुलमतिले बताए। थारु समुदायले भव्यरुपमा मनाउने भएको हुनाले माघी महिनालाई थारु समुदायले नयाँ वर्षको रुपमा समेत मनाउने गर्छन्।

माघी महिनामा थारु समुदायमा घर फुट्ने, अरुको घरमा कमैया बस्ने नबस्ने, जग्गा अधिया लगाउने नलगाउने, बडघर बस्ने नबस्ने, चौकिदार हेरफेरजस्ता महत्वपूर्ण योजना बनाउने भएको हुनाले माघी महिनालाई थारु समुदायले महत्वपूर्ण पर्वको रुपमा मनाउने गर्छन्। थारु समुदायमा माघ १ गते देखि ७ गतेसम्म अझ धुमधामका साथ मनाउने गर्छन्। पुषको अन्तिम दिन थारु समुदायका मानिसहरु रातभरि आगो ताप्ने, बंगुरको मासु, गैइजी, तरुल जस्ता विभिन्न परिकार बनाएर खाने चलनसमेत छ।

सोहीदिन पुषको अन्तिम दिन रातभरि आगो ताप्ने र भाले बासेको समय बिहान २ बजेदेखि नजिकै रहेको खोला, नदीमा नुहाएर आफूभन्दा ठूलासँग आर्शिवादसमेत लिने चलन छ। माघ १ गते पहिलो दिन भएको हुनाले नजिकै रहेको मेलासमेत जाने गर्ने गर्छन्। माघी पर्वमा एक आपसमा साथीभाइसँग मिलेर जाँड रक्सीसमेत पिउने र मनोरञ्जन गर्ने युवायुवतीहरुले गर्छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *