यी हुन् एमालेले प्रदेशसभामा चुनेका चार थारु सांसद

नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ७५ जना समानुपातिक सांसदको टुंगो लगाएको हो।

एमालेले १ नम्बर प्रदेशमा १५ जना, २ नम्बरप्रदेशमा ७ जना, ३ नम्बर प्रदेशमा १६ जना, ४ नम्बर प्रदेशमा १० जना, ५ नम्बर प्रदेशमा १३ जना, ६ नम्बर प्रदेशमा ६ जना र ७ नम्बर प्रदेशमा ८ जना सांसद पाएको थियो।

एमालेबाट १ प्रदेशमा उदयपुरबाट सुनिताकुमारी चौधरी, ५ प्रदेशमा बर्दियाकी कृष्णी चौधरी र दाङकी धमकली चौधरी र ७ प्रदेशमा चुनकुमारी चौधरी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *