एमाले नेता चढेको जीप दुर्घना हुँदा सिरहाका ललिता चौधरीको मृत्यु, पूर्वसांसद चौधरी घाइते

एमाले नेताहरु चढेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ९ जना घाइते भएका छन्। ढल्केवर सडकखण्डमा स्कुल बससँग उक्त जिप ठोकिएको प्रहरीले जनाएको छ।

जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित बाबा पेट्रोल पम्प नजिकै उत्तरतर्फबाट आउँदै गरेको ना १ प ४८०५ नंको स्थानीय मोनाष्टिक स्कुलको बस र जनकपुरतर्फबाट गइरहेको को१च ८५१७ नंको स्कारपियो जिप ठोकिँदा सिरहाको लहान नगरपालिका–१२ की ललिता चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा पूर्वसांसद सरितादेवी चौधरी तथा स्थानीयवासी हरेराम यादव, मणि कामत, सागरदेवी चौधरी, रामरती महरा र स्कारपियो चालक दिलीप चौधरीको हातखुट्टा र टाउकामा गम्भीर चोट लागेकाले उपचारका लागि विराटनगर न्युरो अस्पतालमा पठाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिए।

दुर्घटनामा अन्य सामान्य घाइते भएका तीन जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *