थारु साहित्य मेलाको तालिका सार्वजनिक, पद्म राई र रामलाल जोशी विशेष वक्ता

थारु लेखक संघले आयोजना गर्ने थारु साहित्य मेलाको दोस्रो संस्करण कैलालीमा हुने भएको छ । चैत १९ र २० गते हुने मेलामा भाषाविद् पद्म राई र मदन पुरस्कार विजेता तथा ऐनाका लेखक रामलाल जोशी मुख्य वक्ताका रुपमा सहभागी हुनेछन् । भाषाविद् राईसँग थारु मानक भाषा र लेखक जोशीसँग गजल तथा कथा लेखनबारे अन्तरसम्बाद हुने संघका अध्यक्ष कृष्णराज सर्वाहरीले जानकारी दिए ।

थारू लोक साहित्य तथा आधुनिक साहित्यको अवस्था विकास गर्नका लागि अबलम्बन गर्नुपर्ने उपाय पहिचान गर्ने, थारू मानक भाषाबारे सहभागीबीच मतएक्यता बनाउन सहयोग पु¥याउने, थारू भाषा र साहित्य सम्बन्धमा अन्तरक्रिया गर्ने र थारू साहित्यिक प्रकाशनको बजारीकरण गर्न मद्धत पुर्याेउने उद्देश्यले मेलाको आयोजना गर्न लागेको अध्यक्ष चौधरीले बताए ।

साहित्यिक मेलामा नवलपरासीदेखि पश्चिम कञ्चनपुरसम्मका भाषा समूह मिल्ने २ सय साहित्यकारलाई सहभागी गराउने लक्ष्य आयोजकको छ । धनगढी उपमहानगरपालिकाको पटेला गाउँमा हुने साहित्य मेलाका सहभागीहरुलाई गाउँलेले भोजन र आवासको व्यवस्था गरेको आयोजकले जनाएको छ। पहिलो थारु साहित्यिक मेला दाङको घोराहीमा गत २०७२ वैशाख ३ र ४ गते भएको थियो ।

तालिका सार्वजनिक
आयोजकले साहित्य मेलाको तालिका सार्वजनिक गरेको छ । पहिलो दिन चैत १९ गते थारु संस्कृतिविद् महेश चौधरीसँग थारु लोक साहित्य र गोचाली अभियानबारे अन्तरसम्बाद हुनेछ । त्यसपछि ऐनाका लेखक रामलाल जोशीसँग गजल र कथा लेखनबारे अन्तरसम्बाद हुनेछ ।

त्यसपछि कृष्ण चौधरी, दिलबहादुर चौधरी, कविर र लक्की चौधरीसँग समसामयिक थारू मुद्दा र साहित्य चिन्तनबारे छलफल हुनेछ । उक्त घलफललाई सुशील चौधरीले सहजीकरण गर्नेछन् । डेढ घन्टे छलफलपछि भाषाविद् पद्म राईसँग थारु मानक भाषाबारे अन्तरसम्बाद हुनेछ । लगत्तै थारु कविहरुले कविता वाचन गर्नेछन्, जसको सहजीकरण बालिका चौधरी र सागर कुश्मीले गर्नेछन् ।

अर्को दिन चैत २० गते विविधता रहेको थारु भाषा र साहित्यबारे सामूहिक छलफल हुनेछ । त्यसपछि थारु भाषाको पत्रिका पहुरा दैनिकको यात्रा र थारु पत्रकारितामा चुनौती विषयक स्माइल चौधरी, लक्की चौधरी, सन्तोष दहित, गणेश चौधरी र मदन चौधरीबीच छलफल हुनेछ । लगत्तै थारु गीतको अगामी बाटो र कैलाली घोषणा पत्र जारी गर्ने कार्यत्रम तय भएको आयोजकले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *