दाङमा थारु साहित्यिक मेला हुने भएको छ। मूल आयोजक समितिका अनुसार वैशाख ३ र ४ गते साहित्यिक मेला आयोजना हुनेछ। जसअन्तर्गत उद्‍घाटन सत्र दाङको घोराहीमा हुने बताइएको छ। त्यस्तै छलफल सत्र भने सौडियाको राजपुर गाउँदा हुने मूल आयोजक समितिका संयोजक कृष्णराज चौधरीले जानकारी दिए।

मेलामा हालसम्म प्रकाशित थारु पुस्तक तथा पत्रपत्रिकाको प्रदर्शनी हुने आयोजकले बताएको छ। त्यस्तै थारु लोकसाहित्यको अवस्था, थारु मानक भाषाको लेखनबारे कार्यपत्र प्रस्तु हुने संयोजक चौधरीले बताए। दुई दिने कार्यक्रममा थारु कविता गोष्ठीबारे र साँस्कृति कार्यक्रम पनि आयोजना हुने उनले बताए।

‘मातृ भाषालाई माया गरौं, थारु साहित्यको बृहत बहसमा सहभागी होऔं’ मूल नाराका साथ थारु भाषा तथा साहित्य संरक्षण मञ्च र हर्चाली समूहको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन हुनेछ।

कार्यक्रममा विभिन्न जिल्लाबाट साहित्य प्रेमीहरुको उपस्थिति हुने आयोजकले जनाएको छ।

Tharu Lit Festival




Leave a Reply

Your email address will not be published. Required fields are marked *