Nawalpur-4-720x450
photo :hulakinews

सर्लाही स्थित पूर्व–पश्चिम राजमार्गभन्दा केही दक्षिण नवलपुरमा मेधसी मोर्चाले आयोजना गरेको आमसभामा प्रहरीले चलाएको गोली लागेर ७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। सर्लाही पिपरीया-६ का ३० वर्षीय गुटु राय यादबको ढाडमा गोली लागेको छ। सोलेमपुर-१ का २९ वर्षीय मनोहर राय यादबको छातीमा गोली लागेको छ। उनीहरुलाई तत्काल जनकपुर नभए काठमाडौं लैजान चिकित्सकले रेफर गरेका छन्।

अन्य घाइतेहरुमा सर्लाही बैलबासका मनोज महतो, औरही-६ का पप्पुकुमार महतो, धनगढाका सुरेश साह, कामतका जगदेब राउत, मंलगवा-५ का नागेन्द्र ठाकुर लगायतको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ। मोर्चा कार्यकर्ताले मलङ्गवामा प्रदर्शन गरिरहेका छन्।

राजमार्गमा विरोध सभा गर्ने तयारी गरेको मोर्चाले सुरक्षाको कारण देखाएर नवलपुरमा सभा सारेको थियो। चुरेभावर राष्ट्रिय पार्टीले राजमार्ग अवरुद्ध नगर्न चेतावनी दिएको सन्दर्भमा सो घटना भएको हो। सभामा सहभागी हुन आएका मोर्चा कार्यकर्ता सभास्थलबाट विद्रोह गरेर राजमार्गमा घेरा हाल्न गएका थिए।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले स्थिति नियन्त्रणमा लिन केही राउन्ड प्लाष्टिकको गोली चलाएको उल्लेख गरे। सुरक्षाकर्मीबाहेक अरुले पनि गोली चलाएको उनले बताएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *