सिम्बोलिक तस्बिर।
सिम्बोलिक तस्बिर।

संविधान जारी भएसँगै शोकले दुई जनाको मृत्यु भएको छ । महोत्तरीमा एक जनाले आत्महत्या गरेका छन् भने सप्तरीमा एक जनाको हृदयाघातका कारण मृत्यु भएको छ ।

जनकपुरका पत्रकार शैलेन्द्र महतोले जनाए अनुसार लामो समयदेखि मधेशमा आन्दोलन हुँदा पनि मधेशीको मागलाई उपेक्षा गरी संविधान जारी भएको भन्दै आन्दोलनमा सक्रियपूर्वक लागेका महोत्तरीको गौशाला नगरपालिका ५ बस्ने ५० वर्षीय रामप्रदिप महतोले आँपको रुखमा झुण्डेर आत्महत्या गरेका छन् ।

उनी सद्भावना पार्टीका स्थानीय सक्रिय कार्यकर्ता थिए । महतोले देशमा मधेशीहरुको कुनै हैसियत नभएको भन्दै यो संविधान जारी भएको खण्डमा आत्महत्या गर्ने बताएका थिए । त्यही अनुरुप उनले आईतबार अबेर राति घरबाट लगभग ५० मिटर पर रहेको आँपको रुखमा झुढिडएर आत्महत्या गरेको स्थानीयहरुको भनाई छ ।

त्यस्तै, जनताको भावनालाई कदर गरी राष्ट्रपतिले संविधान जारी गर्दैनन् भनी विश्वास ब्यक्त गर्ने सप्तरी सिम्लाहा सिडिवन गाविस निवासी नेतिलाल यादवको हृदयघातका कारण मृत्यु भएको हो । यादव संघीय समाजवादी फोरम, नेपालका सदस्य रहेको बुझिएको छ । उनी पनि विगत एक महिनादेखि जारी आन्दोलनमा सक्रियताका साथ लागेका थिए ।

टेलिभिजनमार्फत जनभावना बिपरित संविधान घोषणा भएको सुन्ने बित्तिकै हृदयघात भइ ढलेका यादवको सोमबार मृत्यु भएको पार्टी महासचिव रामसहाय प्रशाद यादवले बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *