देउखुरीस्थित एक अस्थायी प्रहरी चौकी रहेको घरमा बम बिष्फोट भएको छ। लमही नगरपालीका वडा नं. १ नर्तीमा रहेको नेपाल प्रहरीको अस्थाई पोष्टमा शनिबार राति शिलिण्डर बम विष्फोट भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

घटनास्थलमा सिलिण्डरका टुक्राटाक्री संगै टायर र बोराका टुक्रा फेला परेका छन्। बिष्फोटनबाट मानवीय क्षति भएको छैन। अस्थायी प्रहरी पोष्ट रहेको घर चर्कीएको छ भने छिमेकी शिवा शर्मा पोख्रेलको घरमा आंशिक क्षति पुगेको छ।

राति करिब साढे १ बजे बम पड्किएको ठूलो आवाज सुनिएको थियो। बमको टुक्राहरु पाँच सय मिटरसम्म पुगेको स्थानीयले बताए।

वडा प्रहरी कार्यालय लमहीको मातहतमा रहने गरी २०७१ सालमा नर्तीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको थियो। ऋषिराम पोख्रेलको घर भाडामा लिएर प्रहरी पोष्ट स्थापना गरिएको र बम विस्पोटका कारण घरको भित्ता चर्किएको छ। तराईमा जारी आन्दोलनको असुरक्षाका कारण उक्त चौकीलाई मर्ज गरिएको थियो। ‘त्यहाँ खाली घरमा भाडामा चौकी थियो,’ वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले भने, ‘असुरक्षाका कारण त्यो चौकीलाई केही दिन अघिमात्रै मर्ज गरेका थियौं।’

वम विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। प्रहरीले घटनाबारे अनुसनधान भैरहेको जनाएको छ।

यसैबीच विभिन्न राजनीतिक दल तथा जातीय संगठनहरुले गरेको बन्दका कारण दाङको जनजीवन आइतबार बिहानै देखि प्रभावित बनेको छ। बिहानैदेखि दाङमा यातायातका साधन चलेका छैनन् भने बजारसमेत ठप्प छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *