थरुहट संयुक्त संघर्ष समितिले शनिबारदेखि बन्दमा कडाइ गर्ने भएको छ। बाँकेमा बन्द खुकुलो पारेको तथा बर्दियामा केही दिनका लागि बन्द फिर्ता लिएको संघर्ष समितिले शनिबारदेखि बन्दमा कडाई गर्ने बताएको छ। कैलालीका थारु अगुवालाई पक्राउ गरेको बिरोधमा २६ गतेदेखि नै विद्यालयबाहेक सबै बन्द गर्नुपरेको थारु संघर्ष समिति बर्दियाका प्रवक्ता देवमान थारुले जानकारी दिए। 

संघर्ष समिति बाँकेमा संयोजक फुलाराम थारुले सरकारले सुनुवाईमा गरेको ढिलाइप्रति आक्रोशित हुँदै बन्द २४ घण्टे गरिएको विज्ञप्तीमार्फत जानकारी दिएका छन्।

यसअघि बाँकेमा विद्यालय सञ्चालन हुँदै आए पनि विद्यालय समेत बन्द गर्न अनुरोध गरिएको छ।

fularam




Leave a Reply

Your email address will not be published. Required fields are marked *