janakpur-aandolan-22-bhadra

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सिरहाको लहानमा बुधबार साँझ प्रहरीले तीन राउण्ड हवाई फायरसहित केही सेल अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहान खण्डको पश्चिम ट्राफिक चोक नजिक रुख ढालेर साँझ ५ बजे सडक अवरुद्ध गर्न खोज्दा प्रहरीले रोक्ने क्रममा झडप भएको थियो। झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार गरेको सिरहाका एसपी रामकृपाल साहले जानकारी दिए। अहिले लहान तनावग्रस्त छ। प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन्। झडप जारी छ।

केही घरमासमेत आगजनी गरिएको छ। सिरहा ब्रम्हाण गोर्छारीका विन्दी महतोसहित केही प्रदर्शनकारी घाइते भएका छन्।

-ekantipur




Leave a Reply

Your email address will not be published. Required fields are marked *