Tharu Protest 04

कारी महतो/चितवन

स्कटिङ्ग गराउन भनेर प्रहरी निरीक्षकले थारुको झण्डालाई लातीले फालेपछि पूर्वी चितवनको पर्सा बजारमा केहिबेर स्थिति तनाब बन्यो। हाम्रो झण्डा कुनै प्रहरीले लातीले हानेको हामी सहन सक्दैनौं भनेर आन्दोलनकारीले प्रहरीमाथि नै जाइलाग्न थालेका थिए। निकैबेर भनाभन चलेपछि प्रहरीले बन्दुक तेर्स्याए तैपनि खाली हात लिएर आन्दोलन गरिरहेकाहरु डराएनन्। बाध्य भएर कमाण्डिङ गरिरहेका प्रहरीका डीएसपीले हात जोडेर माफी मागे। त्यसपछि भने आन्दोलनकारीहरु नरम बनेका थिए।

Tharu Protest 02

पर्सा बजारको कोणसभामा बोल्दै थारु कल्याणकारिणी सभा चितवनका पूर्वसभापति जोखाप्रसाद चौधरीले भने, ‘हामीलाई लात हानोस्, बुट हानोस् वा गोली हानोस् हामीले वास्ता गर्नेछैनौं तर हाम्रो आस्थाको केन्द्रबिन्दु थारु कल्याणकारिणी सभाको झण्डालाई अपमानित ढंगले लातले हानेको सहन सक्दैनौं। यो झन्डा हाम्रो अस्तित्व र पहिचानको निशानी हो। यसलाई कसैले पनि अपमान गर्न पाउँदैनौं।’

Tharu Protest 05शान्तिपूर्ण आन्दोलनमा थारुको झण्डालाई अपमान गर्ने प्रहरी निरीक्षकमाथि निकै आक्रोश पोखेका थिए। उनले भने, ‘झण्डाको अपमान गर्ने प्रहरी निरीक्षकले कसको आदेशमा थारु समुदायकै अस्तित्वमाथि लात हान्ने? प्रहरीले गोली हान्ने अधिकार पाएको छ भने गोली हान, तर थारुको झण्डालाई अवमूल्यन गर्दै लाताले हान्ने कुनै अधिकार छैन।’

Tharu Protest 03

थारु कल्याणकारिणी सभा चितवनका प्रगन्ना नं. ७ का सभापति नारायण प्रसाद महतोले भने, ‘थारुले पेस गरेको माग सरकारले नसुनेकाले बाध्य भएर आन्दोलन गर्नु परेको हो। टीकापुरको घटनाले हामीले निकै मर्माहत बनाएको छ। नघट्ने घटना टिकापुरमा घट्यो।

Tharu Protest 06चितवनमा त्यस किसिमको घटना नहोस् भनेर हामीले निकै संयमित भएर आन्दोलन शान्तिपूर्ण रुपमा अगाडि बढाएका छौं। तर प्रहरी प्रशासनको घिनलाग्दो हर्कतले आन्दोलन हिंसात्मक भएमा त्यसको पूर्ण जिम्मेवारी प्रहरी प्रशासनले लिनुपर्छ। प्रहरी प्रशासन र भिजिलान्तेहरुले हाम्रो आन्दोलन तुहाउन पटक-पटक बिथोल्न खोज्दैछ। अब थारुहरु चुप लागेर बस्दैन।’ थारुको झण्डा लाताले फाल्ने इन्सपेक्टरलाई यस्ता हर्कन नगर्न चेतावनी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *