धनगढी पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको साँढेपानी सडकखण्डमा से१त ५९३९ नं को ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये कैलाली वैनिया गाविसका चन्दुकुमार चौधरी, राजकुमार चौधरी र लालबहादुर चौधरी गम्भीर घाइते भएका छन्। घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

रुहट/थारूवान् पक्षको आज हुने आमसभामा धनगढी आइरहेको बेला सो दुर्घटना भएको हो। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *