बन्दले कञ्चनपुरको जनजीवन प्रभावित
कञ्चनपुर- अखण्ड सुदूरपश्चिम र थरुहट स्वायत्त प्रदेश माग गर्दै गरिएको बन्दको दोस्रो दिन आज कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दूरीका यात्रुबाहक सवारीसाधन बन्द छन्।
सवारीसाधन बन्द हुँदा यात्रु पैदल नै गन्तव्यमा जान थालेका छन्। यहाँका महेन्द्रनगर, दैजी, झलारीलगायतका बजार फाट्टफुट्ट रुपमा मात्रै खुलेका छन्। दुबै पक्षले प्रतिबद्धता नआउँदासम्म बन्दका कार्यक्रम जारी रहने बताएका छन्। रासस
Facebook Comment