थारु विद्यार्थी समाजको दाङ अध्यक्षमा मानबिर
थारु विद्यार्थी समाजको आठौं जिल्ला अधिवेशनले मानबिर चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा अमृता चौधरी, सचिवमा ज्ञानेन्द्रबिक्रम चौधरी, कोषाध्यक्षमा राजेश चौधरी, सहसचिवमा शुष्मा चौधरी छन्।
अधिवेशनले विनोद चौधरी, उर्मिला चौधरी, सत्यानारण चौधरी, बसन्त चौधरी, सीता दहित, शेषमणी चौधरी, मेघराज चौधरी, भिमबहादुर चौधरीलाई सदस्यमा चयन गरेको छ।
यसैबीच नया कार्यसमितिलाई निवर्तमान अध्यक्ष सन्तोष दहिले आफूजस्तै थारु विद्यार्थीहरुको हितमा काम गर्न अनुरोध गरेका थिए। दहितले आफूले ७ वर्षसम्म काम गर्दा कसैलाई काखा-पाखा नगरी मिलाए काम गरेको भन्दै आफूभन्दा अझै सिर्जनसिल भएरका काम गर्न नव कार्यसमितिलाई अनुरोध गरे। साथै उनले नव कार्यसमितिको कार्यकालको सफलताको शुभकामाना व्यक्त गरे।
Facebook Comment