थारु पत्रकार संघले वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गर्ने
दाङ- थारु पत्रकार संघ दाङले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउने भएको छ। घोराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। संघका अध्यक्ष सन्तोष दहितका अनुसार तेस्रो वार्षिकोत्वसको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमम आयोजना गरिनेछ। उनका अनुसार पुस २६ गते रक्तदान, २७ गते नेपाल पत्रकार महासंघको अधिवेशनलाई केन्द्रीत गरी थारु पत्रकारको विशेष भेला र सोही दिन थारु भाषाको साहित्यक कविता प्रतियोगिता कार्यक्रम गरिनेछ।
त्यसैगरी स्थापनाको दिन अर्थात् पुस २८ गते माघी मिलन तथा सम्मान कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा थारु समुदायको लागि विभिन्न क्षेत्रमा योगदान पुर्याोउने थारु अगुवा तथा थारु पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने र दोस्रो संविधान सभाको लागि चयन भएका थारु सभासद्लाई स्वागत तथा बधाई दिने कार्यक्रम रहने अध्यक्ष दहितले बताए।
Facebook Comment