झापा- यसपटकको संविधान सभा चुनावमा झापाबाट राजवंशी समुदायका धेरैले विभिन्न दलबाट उम्मेदवारी दिएका छन्। एमाले, कांग्रेस र एमाओवादीको दाँजोमा अन्य साना दलले यस्तो नीति अख्तियार गरेको देखिएको छ। झापामा मधेसवादी दलहरुले सातवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ राजवंशी समुदायका उम्मेदवार चुनावी मैदानमा उतारेका छन्। राजवंशी समुदायको बाक्लो उपस्थिति रहेको झापामा जातीय मत आकर्षित गर्ने उद्देश्यले दलहरुले त्यसरी उम्मेदवार खडा गरेका हुन्।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी र सङ्घीय सद्भावना पार्टीका गरी जिल्लामा प्रत्यक्षतर्फ १६ जना राजवंशी समुदायका उम्मेदवार मैदानमा छन्।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार करिब ४९ हजार ६८७ मतदाता रहेको  क्षेत्र नं ६ मा चारवटै मधेसवादी दलले राजवंशी समुदायका उम्मेदवार चुनावी मैदानमा उतारेका छन्। क्षेत्र ६ मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले देवीप्रसाद राजवंशी, मधेसी जनअधिकार फोरम नेपालले शङ्कर राजवंशी, सद्भा्वना पार्टीले कामेश्वर राजवंशी र तराई मधेस लोकतान्त्रिक पार्टीले ज्ञानु राजवंशीलाई प्रत्यक्षमा प्रतिष्पर्धाका लागि उतारेका छन्।
नेपाली काँग्रेसले पनि फूलवती राजवंशीलाई प्रत्यक्षतर्फ उम्मेदवारको टिकट दिएको थियो। तर, खर्च अभावका कारण देखाउँदै उनले उम्मेदवारी फिर्ता गरेका थिए। क्षेत्र नं ५ मा तराई मधेस लोकतान्त्रिक पार्टीले त्रिनारायण राजवंशी, सद्भा वना पार्टीले ओमनारायण राजवंशी र मधेसी जनअधिकार फोरम नेपालले दुर्जनलाल राजवंशीलाई प्रत्यक्षतर्फ चुनावी मैदानमा उतारेका छन्।
तरुण दलका केन्द्रीय सदस्यसमेत रहेका टोमलाल राजवंशीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रत्यक्ष उम्मेदवारको टिकटका लागि दौडधुप गरे पनि कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
क्षेत्र नं ४ मा सद्भादवना पार्टीले शेषलाल राजवंशीलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ।  क्षेत्र नं ३ मा सद्भावना पार्टीले हरिश्चन्द्र राजवंशी, मधेसी जनअधिकार फोरम नेपालले मीना राजवंशी, तराई मधेस लोकतान्त्रिक पार्टीले श्यामाकुमारी राजवंशी र सङ्घीय सद्भा वना पार्टीले खेमकुमारी राजवंशीलाई चुनावी मैदानमा उतारेका छन्।
क्षेत्र नं १ मा सद्भाैवना पार्टीले ओलिन राजवंशीलाई उठाएको छ। त्यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीले क्षेत्र नं १ मा भाद्री राजवंशीलाई प्रत्यक्षमा उठाएको छ। प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीमध्ये एमाओवादीले क्षेत्र नं २ मा मात्रै राजवंशी समुदायका पूर्णसिंह राजवंशीलाई प्रत्यक्षतर्फ चुनावी मैदानमा उतारेको छ। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *