थारु किशोरी तथा बालिका अहिले पनि कमलरी
बाँके- मध्य र सुदूरपश्चिमाञ्चलका विभिन्न जिल्लामा हाल पनि ७३१ जना थारु किशोरी तथा बालिकालाई कमलरीको रुपमा राखिएको पाइएको छ। बालश्रमिक मुक्त जिल्ला घोषणा गरिएका जिल्लामा समेत कमलरी राखिएको पाइएको हो। मुक्त कमलरी विकास मञ्चका अनुसार मध्य र सुदूरपश्चिमाञ्चलका बा“के, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा कमलरीको उद्धार हुन बाँकी छ। मुक्त कमलरी विकास मञ्च बाँकेका अध्यक्ष दिलकुमारी चौधरीका अनुसार कमलरी मुक्ति अभियान सुरु भएपछि पश्चिम तराईका पाँच जिल्लाबाट १२ हजार ४५ जना कमलरीको उद्धार गरिएको छ।
बाँकेमा सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, व्यवसायी तथा जमिन्दारका घरमा हाल पनि कमलरी राखिएको छ। बाँके घर भएका करिब ८२ जना कमलरीको उद्धार हुन बाँकी रहेको छ। अन्य जिल्लामा स्थायी घर भएर बाँकेमा कमलरीका रुपमा रहेका करिब ३०० को सङ्ख्यामा रहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ। रासस
Facebook Comment