भतिजाले गरे काकाको हत्या
चौतारा- सिन्धुपाल्चोकको भोटेनाम्लाङ गाविस–१ निवासी ५९ वर्षीय चिनीबहादुर तामाङको बुधबार भतिजाले हत्या गरेका छन्। आफन्तकहाँ छेवर मनाउन गएका उनीहरूबीच सामान्य विवाद भएपछि ३१ वर्षीय भतिजा हर्कबहादुर तामाङले भरुवा बन्दुकको कुन्दाले हानेर चिनीबहादुरको हत्या गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ।
हत्या गरी भागेका तामाङलाई गाउँभन्दा एकघन्टाको दुरीमा पर्ने तिपेनीको जङ्गलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक लोकहरि खनालले बताए। घटनास्थल सदरमुकाम चौताराबाट छ कोस पैदल दुरीमा पर्छ। रासस
Facebook Comment