दाङ- थारु पत्रकार संघ दाङले आफ्नो स्थापना दिवसको अवसर विविधका कार्यक्रम घोषणाअनुसार मंगलबार एक कार्यक्रम गरी उद्‍घाटन गरिएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष केएल पीडित मान्दल वजाएर र थारु पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष दहितले झाली बजाएर मघौटा नाचको संयुक्त उद्‍घाटन गरेका थिए। थारु पत्रकारले आफ्नो तेस्रो वार्षिक उत्वसको अवसर पारेर केहिदिन अगाडि ६ दिनसम्म विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाउने घोषणा गरेका थिए। जसअनुसार पुस २३ गतेका दिन थारु पत्रकार संघको अगुवाईमा दाङमा रहेका विभिन्न थारु संघसस्थालाई लिएर जिल्ला प्रशासनमा माघि पर्वमा विदाको माग राखेर ज्ञापन पत्र बुझाउने, पुस २४ देखि २५ र २६ गतेसम्म घोराही, तुलसीपुर र नारयाणपुर बेलझुण्डीमा मघौटा नाचको प्रचार प्रसार तथा माघीको शुभकामान वितरण गर्ने, २७ गते मुक्त कमैयाहरुको छोराछोरीलाई शैक्षिक सामग्री वितरण गर्ने र २८ गते वार्षिक उत्सवको दिन माघी मिलन तथा सम्मान कार्यक्रम गरी वार्षिक उत्सव समापन र्गे कार्यक्रम छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *