दाङ- थारु विद्यार्थी समाज दाङले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा अनिश्चितकालिका लागि तालाबन्दी गरेको छ। क्याम्पसमा हालै भएको शिक्षक छनोट प्रक्रियामा निष्पक्ष तरिकालबाट नभएर एकलौटिरुपमा पार्टीगत भागबन्डाबाट प्राध्यापक राख्न खोजेको भन्दै समाज दाङले तालाबन्दी गरेको हो।

थारु विद्यार्थी समाज दाङका अध्यक्ष सन्तोष दहित र सचिव नविनकुमार चौधरीले प्रेस विज्ञप्ती जारी गरी क्याम्पसमा थारु विद्यार्थीको बाहूल्यता धेरै हुँदाहुँदै थारु प्रध्यापक नभएको अवस्थामा थारु समुदायबाट कुनै पनि हालतमा प्रध्यापक राख्नुपर्ने माग गर्दै तालाबन्दी गरेको समाज दाङका अध्यक्ष सन्तोष दहितले जानकारी दिए।
यसैबीच थारु समाज दाङले गरेको तालाबन्दीप्रति विभिन्न थारु समुदायका अगुवाले पनि एक्यबद्धता जनाएका छन्। थारु महटवा बरघर भलमन्सा महासंघको केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरी, थारु कल्याणकारिणी सभा दाङ अध्यक्ष चन्द्र प्रसाद चौधरी, नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद चौधरी, थारु वुद्धिजीवि परिषद् दाङका सोगतविर चौधरी, प्रजातान्त्रिक थारु संघ दाङका अध्यक्ष लक्षीमान चौधरी, थारु युवा परिषद् दाङका अध्यक्ष वीरेन्द्र चौधरी, थारु कर्मचारी संघ दाङका अध्यक्ष रामलगन चौधरी, थारु विद्यार्थी समाज दाङका सल्लाहकार भुवन चौधरीलगायतले प्रेस विज्ञप्ति निकालेर उक्त आन्दोलन प्रति समर्थन जनाएका हुन्।

त्यस्तै थारु विद्यार्थी समाज दाङले पनि महेन्द्र बहुमुखी क्याम्पसमा गरेको अनिश्चितकालीन तालाबन्दीप्रति एक्यबद्धता जनाएको छ। बहुसांसस्कृति, बहुजातीय देश नेपाललाई समावेशी र सहभागितामूलक बनाई राज्यको विकास र उन्नतिका लागि सबै समुदायको प्रतिनिधित्व र पहिचान सुनिश्चित गर्नु आजको आवश्यक्ता रहेको जारी प्रेज विज्ञप्तीमा उल्लेख छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *