चिसोले थप दुईको मृत्यु
गौशाला- लगातार बढ्दै गएको चिसोको कारण महोत्तरीमा गएराति थप दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मटौलिया–४ बस्ने ६० वर्षीय मिश्री यादव र औरही–३ बस्ने ४० वर्षीय विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हप्ता दिनभन्दा बढीदेखि जिल्लामा चलेको चिसो हावा र शीतलहरका कारण गएराति उनीहरूको कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरी निरीक्षक सुरज खड्काले बताए। बाक्लो हुस्सु, शीतलहर र चिसो हावाको मारमा परेर न्यानो लुगाफाटाको नहुँदा तथा उचित बासस्थानको अभावमा यस वर्ष महोत्तरीमा चिसोका कारण छजनाले ज्यान गुमाइसकेको प्रहरीले जनाएको छ।
महोत्तरीमा लगातार बढ्दै गएको चिसोले मानिस, पशुपक्षी, बालीनाली सबैलाई प्रभावित पारेको छ। रासस
Facebook Comment