तराईमा जाडो बढ्यो
भद्रपुर- तराईको पूर्वीक्षेत्रमा अप्रत्यासितरूपमा एक्कासी बाक्लो कुहिरो लाग्न थालेसँगै जाडोमा बृद्धि भएपछि जनजीवनका साथै तरकारी खेती पनि प्रभावित हुने सम्भावना देखिन थालेको छ। बिहानैदेखि प्रायः दिनभर मौसम प्रतिकूल भएपछि मानिसहरूको चहलपहल घटेको छ। बाक्लो कुहिरोले आकास ढाकिएका कारण अधिकांस किसानले धानबाली घर भित्रयाउन सकेको छैनन्। गहुँबालीका लागि खेत तयार गर्न जुटेका किसानहरू मौसमको प्रतिकूलतामा मारमा परेको छ।
आलुबालीको पात तुषारोका कारण गल्नसक्ने सम्भावना देखिन थालिएको छ। समग्रमा भन्नुपर्दा कृषि क्षेत्रमा मौसमको प्रतिकूलताले नोक्सान हुने सम्भावना बढ्न थालेको छ। करिब एकसातादेखि जाडोमा वृद्धि भएपछि न्यानो लुगाको विक्री ह्वातै बढेको छ। रासस
Facebook Comment