थारु समाज उत्थान सामाजिक संस्था गठन
श्रीनिबास चौधरी, बुटवल- कपिलबस्तृमा थारु समाज उत्थान सामाजिक संस्था गठन भएको छ। श्रीनिबास चौधरीको अध्यक्षतामा ११ सदसीय नयाँ समिति गठन भएको हो। समितिको उपाध्यक्षतामा जगतवीर चौधरी, सचिवमा पवन चौधरी, सहसचिवमा राजेश चौधरी, कोषाध्यक्षमा सरिता चौधरी चुनिएका हुन्। त्यस्तै सदस्यमा रोशन चौधरी, प्रदीप थारु, चन्द्रावती थारु, रञ्जित थारु, दीपक चौधरी छन्। भने सल्लाहकारमा भने बलिराम चौधरी, गोपाल चौधरी, बहादुर थारु, वसन्त चौधरी, रामअचल थारु छन्। थारु समाज उत्थान सामाजिक संस्थाले थारु संस्कृतिको जर्गेना र थारु हक अधिकारका पक्षमा काम गर्ने अध्यक्ष श्रीनिबास चौधरीले जानकारी दिए।
Facebook Comment