Tharu youthराजधानीका थारु युवाहरुले नेतृत्वको आलोचना गरेका छन्। शनिबार राजधानीमा आयोजित थारु संघर्ष समितिको उपत्यका भेलाले थारु नेतृत्वकर्ता एक हुन नसकेको आरोप लगाए। आन्दोलन सफल बनाउन सबैजना एक भएर जानुको विकल्प नरहेको उनीहरुको भनाइ थियो।

‘थारु अगुवा नेताहरु नै एक हुन सकेको छैन। उनीहरु नै एक नभइरहेको अवस्थामा हामी युवालाई झनै समस्या भएको छ,’ बर्दियाली विकास मञ्चका अध्यक्ष सीताराम चौधरीले भने, ‘संयुक्त संघर्ष समितिमा आबद्ध थारु सभासद्हरु एकतिर छन्। त्यही भित्रका एकथरी नेताहरु अर्कोतिर छन्। हाम्रा अगुवा नेताहरु नै मिल्न नसके आन्दोलन कसरी सफल हुन्छ।’

थरुहट थारुवान संयुक्त संघर्ष समितिको पूर्वघोषित कार्यक्रम कहाँ कसरी गर्नेबार आयोजित भेलामा समितिका सदस्य राजकुमार लेखीको पनि विरोध भएको थियो। लेखीले आफूखुसी अभिव्यक्ति दिँदै आएको फोरम लोकतान्त्रिकका युवा नेता शैलेन्द्र चौधरीले बताए। लेखीले आन्दोलनको संयोजक आफू नै भएको भ्रम फैलाइहेको आरोप लगाए। ‘लेखीजीले आफूखुसी अभिव्यक्ति दिँदै आइरहनुभएको छ,’ उनले भने, ‘समितिमा भएपछि समितिको नीतिनियम अनुसार चल्नुपर्‍यो नि।’

भेलाले भोलि (सोमबार) संविधानका विभिन्न धारा जलाउने कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *