TAFगरिब तथा जेहेन्दार थारु विद्यार्थीहरुका लागि खुसीको खबर। अमेरिका बस्ने थारुहरुले थारु समुदायका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको अवसरमा प्रदान गरेका हुन्। थारुज एन्ड फ्रेन्ड एसोसियसनले २०१५-०१६ का लागि आवेदन आह्वान गरेको छ। थारु समुदायका जुनसुकै ब्यक्तिले प्लस टु, ब्याचलर र मास्टर्सका लागि छात्रवृत्तिमा आवेदन दिन सक्ने संस्थाका हेम चौधरीले जानकारी दिए।

चौधरीका अनुसार ६ जना विद्यार्थीलाई २५ हजारका दरले छात्रवृत्ति प्रदान गरिनेछ। गत वर्ष दस जनाले मात्र छात्रवृत्तिका लागि आवेदन दिएको र सोमध्ये ६ जनाले छात्रवृत्ति पाएको उनले बताए।

आवेदन दिन इच्छुकहरुले संस्थाको फेसबुकबाट फर्म डाउनलोड गरेर भर्नुपर्ने हुन्छ। त्यसपछि tharusandfriends@gmail.com मा डकुमेन्टसहित इमेल गर्नुपर्ने हुन्छ।

आर्थिक अवस्था कमजोर भएर पढ्न नसक्नेहरुका लागि यो छात्रवृत्ति आयोजना गरिएको उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *