Dhaniram Chaudhary

टीकापुरमा भएको घटनालाई थारु नेताहरुले दुःखद भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएका कार्यकर्तालाई प्रहरी प्रशासनले दमन गरेपछि घटना घटेको उनीहरुले बताएका छन् ।
थरुहट÷थारुवान संघर्ष समितिका संयोजक तथा थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले इतिहासकै दुःखद खबर भएको बताए । ‘हामीले शान्तिपूर्ण आन्दोलन गर्दै आएका थियौं । प्रहरी प्रशासनले दमन गर्न खोजपछि घटना घटेको हो । खटना दुःखद छ,’ उनले भने ।

Ramjanam Chaudhary

त्यस्तै थारु सभासद्का संयोजक तथा कैलाली ३ का सभासद् रामजनम चौधरीले घटनालाई प्रहरी दमनको उपजको रुपमा ब्याख्या गरेका छन् । सरकारी कार्यलयमा पेन्टिङ गर्न गइरहेका थरुहट कार्यकर्ताहरुलाई प्रहरीले दमन गरेपछि घटना घटेको उनले बताए । ‘प्रहरीले अन्धाधुन्द फायरिङ गरेपछि आक्रोसित भीडबाट त्यस्तो घटना घट्न पुग्यो । जुन दुःखद हो । यस्तो नहुनुपर्ने थियो,’ उनले भने ।

Gopal Dahit

त्यस्तै थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितले कैलालीको दुर्गौलीमा प्रहरी प्रशासनले दमनगरेपछि घटना भएको बताए । प्रहरीले घरघरमा गएर दमन गर्न खोजेपछि यस्तो घटना भएको उनले बताए । ‘शान्तिपूर्ण आन्दोलन गरिरहेका कार्यकर्तालाई प्रहरीले अन्धाधुन्द गोली हाने । घरघरमा छिरेर दमन गरे । त्यसकै परिणामले यो घटना घट्यो जुन दुःखद हो,’ उनले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *