Bijay Gachhadar

मधेसी जनाधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार विशेष समितिको बैठकपछि विवादित सबै विषयमा छलफल जारी रहेको र शनिबारसम्म समाधान निस्कने बताए। मध्यपश्चिम तथा कैलाली, कञ्चनपुरलगायत जिल्लामा भइरहेको आन्दोलन र सीमा निर्धारणपछि मधेसी, आदिवासी तथा थारु समुदायले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्ने हिसाबले छलफल भएको उनको भनाइ छ।

नेता गच्छदारले भने, ‘शनिबार बिहान मस्यौदा समितिका सभापतिसहित कार्यदलका सदस्य र संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापतिबीच विवादित विषयमा सहमति खोज्नका लागि छलफल गरिने र शीर्ष नेताको बैठकसमेत बस्नेछ।’

संविधानसभाले पाँच दिनभित्र संविधानको अन्तिम विधेयक तयार पार्न दिएको समयसीमाभित्रै सबै विवादित विषयलाई टुङ्गो लगाउनुपर्ने दबाबमा दलहरु रहेका छन्। बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र फोरम(लोकतान्त्रिक)का अध्यक्ष गच्छदारलगायतका नेताको सहभागिता थियोे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *